कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

  रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । उनले आर्थिक वर्ष २०७५-०७६ को वार्षिक प्रतिवेदन पेस गरे ।

133
कारोबार संवाददाता
आइतवार, असार २८, २०७७

बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले नेपालमा हालसम्म २४ प्रतिशत जनतामा बिमाको पँहुच पुगेको बताएका छन् । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, (निप्स) पोखरा च्याप्टरको शनिबार पोखरामा स्मारिका विमोचन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागाइँले नेपालमा करिब ७१ लाख अर्थात २४ प्रतिशत जनताले बिमा गराएको दाबी गरेका हुन् ।

141
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

अजोड इन्स्योरेन्स लिमिटेडले आइतबार आफ्नो दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनी सञ्चालनमा आएको छोटो अवधिमा नै प्रधान कार्यालयसहित ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बिमा सेवा प्रदान गर्न सक्षम भएको पनि कम्पनीले जनाएको छ ।

561
कारोबार संवाददाता
आइतवार, असार २१, २०७७

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

352
कारोबार संवाददाता
शुक्रवार, असार १९, २०७७

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिमित श्रीराम थापा मगरको परिवारलाई ३४ लाख बिमा दाबी रकम हस्तान्तरण गरेको छ । बोटलर्स नेपाल (तराई) का कर्मचारी समेत रहेका भरतपुर महानगरपालिका–१२ का स्वर्गीय थापाको नाममा बोटलर्स नेपालले सामूहिक म्यादी बिमा योजना अन्तर्गत ३६ लाख रुपैयाँ बिमांकको बिमा गरिदिएको थियो ।

338
कारोबार संवाददाता
बिहिवार, असार १८, २०७७

नयाँ बिमा कम्पनीमा सर्वसाधारणलाई सेयर जारी गर्नेमा अजोड इन्स्योरेन्स पहिलो हुने भएको छ । निर्जीवन बिमा कम्पनी अजोडले सर्वसाधारणको लागि असार २५ देखि प्रतिकित्ता १०० रुपैयाँको दरले आइपीओ निकाल्ने भएको छ । आइपीओको निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

256
कारोबार संवाददाता
सोमवार, असार १५, २०७७

विश्वव्यापी कोरोना भाइरसको संक्रमण फैलिएसँगै प्रभावित भएका कृषकहरुले पशु बिमामा राहात पाउने भएका छन् । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा व्यवसायीक पशुपालन गर्दै आएका कृषकहरुका लागि पशु बिमा कार्यक्रममा विशेष राहात प्याकेज ल्याउन लागेको हो ।

321
कारोबार संवाददाता
सोमवार, असार १५, २०७७

गण्डकी प्रदेश सरकारले आगामी तीन वर्षभित्र प्रदेशका सबै नागरिकको स्वास्थ्य बिमा गर्ने तयारी गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७७-०७८ को बजेटमा नेपाल सरकारसँगको समन्वयमा प्रदेशका सबै नागरिकलाई आगामी तीन वर्षभित्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्न दुई करोड छुट्याइएको उल्लेख छ । अपाङ्ग, असहाय, अशक्त, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्नवर्गको उपचारका लागि प्रदान गर्दै आएको सुविधालाई निरन्तरता दिने व्यवस्था मिलाइएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बताए ।

306
कारोबार संवाददाता
बिहिवार, असार ११, २०७७

जनरल इन्स्योरेन्सले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले असार ५ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो ।

698
कारोबार संवाददाता
आइतवार, असार ७, २०७७

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई ६ करोड ५१ लाख २५ हजार २८१ रुपैयाँ कर तिरेको छ । कम्पनीले फागुन र चैतको मूल्य अभिवृद्धि करवापत् ३ करोड १९ लाख, अनुमानित करको दोस्रो किस्ता ३ करोड र अग्रिम कर कट्टीवापत् ३२ लाख २३ हजार १ हजार रुपैयाँ कर भुक्तानी गरेको छ ।

519
कारोबार संवाददाता
बिहिवार, जेठ २९, २०७७

सिद्धार्थ इन्स्योरेन्सले बिमा दाबी भुक्तानी जारी राखेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सिर्जित असामान्य परिस्थितिमा पनि इन्स्योरेन्सले दाबी भुक्तानी जारी राखेको हो ।

639
मुकेश चौधरी
बिहिवार, जेठ २९, २०७७

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण सुदूरपश्चिम प्रदेशमा सञ्चार क्षेत्रको अवस्था दयनीय बन्दै गएको तथ्य सार्वजनिक भएको छ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले नौंवटै जिल्लामा गएर अध्ययन गरी तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्दै सञ्चार क्षेत्रको अवस्था कमजोर हुँदै गएको जनाएको हो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरिएदेखि सञ्चार माध्यममा विज्ञापन ह्वात्तै घटेको हुनाले सञ्चार माध्यमहरूले सञ्चारकर्मी तथा कर्मचारीहरूलाई तलब दिन नसकेको प्रतिवेदनमा उख्खेल गरिएको छ ।

503
कारोबार संवाददाता
मंगलबार, जेठ २७, २०७७

कास्कीका पत्रकारको कोरोना बिमा गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाले कोरोनाको शंक्रमण बढ्दै गएकाले महासंघमा आबद्ध पत्रकारहरूको कोरोना बिमा गरिने भएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

587
कारोबार संवाददाता
सोमवार, जेठ २६, २०७७

अनलाइन पत्रकार संघमा आबद्ध सबै पत्रकार साथीहरूको १ लाख रुपैयाँ बिमांक बराबरको कोरोना बिमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बिमा भएको हो । यो बिमा कार्यक्रमका लागि संघका सदस्य साथीहरूले बिमा शुल्क तिर्नुपर्नेे छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बिमा शुल्क तिरेर नेपालको अग्रणी बिमा कम्पनी शिखर इन्स्योरेन्समा बिमा गराइएको हो ।

641
कारोबार संवाददाता
सोमवार, जेठ २६, २०७७

इलामका ५५ जना पत्रकारको कोभिड निःशुल्क बिमा गरिएको छ । कोरोना भाइरस कोभिड–१९ को जोखिम मोलेर सक्रिय रूपमा काम गरिरहेका जिल्लाका ५५ जना पत्रकारको निःशुल्क बिमा गरिएको हो । पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीको पहलमा कोभिड निःशुल्क बिमा गरिएको हो ।

583