कारोबार संवाददाता
बिहिवार, बैशाख १३, २०७५
960

आईएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटी हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । यस सम्झौतापश्चात् आईएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बिमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरूको बिमालेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ ।
सोही अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकलाई बिमा लेखमा तोकिएको सिमासम्मसुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पतालको सञ्चालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।
साथै सोही अवसरमा नेपाल मेडिसिटी हस्पिटलले आफ्ना ग्राहकहरूलाई आईएमई जनरल इन्स्योरेन्ससँग आईजीआई औषधोपचार बिमालेख खरिद गरी अस्पतालसँग बिमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध दस्य महानुभावहरूलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बिमा सेवा आईएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आह्वान गरे ।