कारोबार संवाददाता
शुक्रवार, चैत्र ३०, २०७४
1832

सानिमा लाइफ इन्स्योरेन्सले विभिन्न जिल्लमा चार शाखा उद्घाटन गरेको जनाएको छ । सानिमा लाइफ इन्स्योरेन्सका मुख्य प्रबन्धक गणेश चौलागार्इं र वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको समुपस्थिति डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकामा शाखा कार्यालयको सोमबर उद्घाटन सम्पन्न भएको छ । यस्तै, कम्पनी ऐन २०६३ तथा बीमा ऐन २०४९ अन्तर्गत बिमकको रूपमा स्थापना भएको तथासानिमा बैंक तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपाली समूहद्वारा सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडकोले आफ्नो व्यावसायिक लक्ष्य प्राप्तिका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने र जीवन बिमा सेवा उपभोग गर्न नपाएका नेपालीहरूलाई जीवन बिमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त जीवन बिमा सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालक घनश्याम थापा, सद्भावनादूत कलाकार जितु नेपाल तथा मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, प्रबन्धक उषा खतिवडालगायत स्थानिय प्रतिष्ठित व्यक्तिहरm समेतको समुपस्थितिमा कैलाली जिल्लाको टीकापुरमा विधिवत रूपमा अर्को शाखा कार्यालयको मंगलबार उद््घाटन गरिएको पनि कम्पनीले जनाएको छ । यस्तै, कन्चनपुर जिल्लाको महेन्द्रनगर र कैलाली जिल्लाको धनगढीमा विधिवत रुपमा थप दुई शाखा कार्यालयको बुधबार उद््घाटन भएको पनि कम्पनीले जनाएको छ ।