कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७
579

सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई पुनर्नियुक्त गरेको छ ।
पहिलो चार वर्ष कार्यकाल सकिएसँगै कम्पनीको सञ्चालक समितिले क्षेत्रीलाई पुनः आगामी चार वर्षका लागि नियुक्त गरको हो । उनको पछिल्लो कार्यकारल असार १८ गते समाप्त भएको थियो ।
कम्पनीको असार २५ गते बसेको २८७औँ सञ्चालक समितिको बैठकले उनलाई असार १८ गतेदेखि नै लागू हुने गरी सीइओ पदमा पुनर्नियुक्त गरिएको कम्पनीले नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको छ । क्षेत्रीले कम्पनीमा बिगत २० वर्षदेखि विभिन्न पदमा रहेर काम गर्दै आएका छन् ।