कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७
531

  रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । उनले आर्थिक वर्ष २०७५-०७६ को वार्षिक प्रतिवेदन पेस गरे ।
सभाले सञ्चालक समितिको आव २०७५-०७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरण, कम्पनीको आव २०७६-०७७ का लागि लेखापरीक्षक नियुक्ति र निजको परिश्रमिक निर्धारण, सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता एवं अन्य सुविधाहरू निर्धारण तथा सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने प्रस्तावहरू पारित गरेको छ ।

साथै, सभाले कम्पनीको प्रबन्धपत्रको उद्देश्यमा कम्पनीले सामूहिक लगानी कोष स्थापना गर्ने उद्देश्य थप, कम्पनीको प्रबन्धपत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरूसमेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भए सोलाई समाविष्ट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरू पारित गरेको छ ।