कारोबार संवाददाता
सोमवार, असार २२, २०७७
967

अजोड इन्स्योरेन्स लिमिटेडले आइतबार आफ्नो दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनी सञ्चालनमा आएको छोटो अवधिमा नै प्रधान कार्यालयसहित ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बिमा सेवा प्रदान गर्न सक्षम भएको पनि कम्पनीले जनाएको छ ।
कुनै पनि बिमा कम्पनीका लागि मेरुदण्डका रुपमा रहेको दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो चुस्त र पारदर्शी बनाउने उद्देश्यले कम्पनीले फाष्ट ट्रयाक दावी भुक्तानी नीति अवलम्वन गरेको जनाएको छ । कम्पनीले २ लाख रुपैयाँसम्मको दावी तत्कालै भुक्तानी गर्ने व्यवस्था समेत गरेको भन्दै कम्पनीले डिजिटल इन्स्योरेन्सका साथै डिजिटल प्रविधिवाट बिमा शुल्क भुक्तानीका लागि विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको पनि जनाएको छ ।