कारोबार संवाददाता
आइतवार, असार २१, २०७७
694

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको २६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए । कम्पनीले आर्थिक वर्ष २०७६ मा कुल बिमा शुल्क एक अर्ब ६४ करोड ६७ लाख ८८ हजार आर्जन गरी खुद मुनाफा २६ करोड ६८ लाख ६ हजार आर्जन गरेको छ ।
कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करो८ ४५ लाख ६० हजार रहेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट एक जना सञ्चालकमक केदारनारायण मानन्धर तथा बलराम श्रेष्ठ पुनः निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ ।