कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
595

शिखर इन्स्योरेन्सले ७७ वटै जिल्लामा कोभिड १९ बिमा गराएको छ । कम्पनीमा जुम्ला, मुगु, कालिकोट, हुम्ला, बझाङ, दैलेख जस्ता विकट जिल्लाबाट समेत २ हजार भन्दा बढीे नागरीकले कोरोना भाइरस बिमा गराएका हुन् । कम्पनीको ९० भन्दा बढी शाखाहरुबाट ५७ हजार भन्दा बढी नागरीकको कोभिड–१९ बिमा भएको छ ।
साथै शिखर इन्स्योरेन्स ३ करोड रुपैयाँभन्दा बढीको कोभिड १९ बिमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । कम्पनीले हालसम्म जेठ १९ गतेसम्म ६ हजार बिमालेखबाट ३ करोड १६ लाख रुपैयाँको कोरोना भाइरस बिमा शुल्क संकलन गरेको हो ।
कोरोना भाइरस बिमालेख संख्यामा शिखर इन्स्योरेन्सको बजार हिस्सा २५ प्रतिशत रहेको छ ।