कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७
355

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७६÷०७७ को तेश्रो त्रैमासिक (चैत्र मसान्त) सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बिमा कोष बलियो बनाउँदै २१२ प्रतिशतले वृद्धि गरेको छ । गत चैत मसान्तमा कम्पनीको जीवन बिमा कोषमा ४० करोड ४७ लाख रुपैयाँ रहेकोमा यस चैत मसान्तमा सो रकम १अर्ब २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
यसका साथै सोही अवधिमा कम्पनीको खुद बिमा शुल्कमा पनि ७९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा खुद बिमा शुल्क ६५ करोड ५ लाख संकलन गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १६ करोड ३५ लाख रुपैयाँ खुद बिमा शुल्क संकलन गर्न सफल भएको पाि कम्पनीले जनाएको छ ।