कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७
840

पिपुल्स भोलेन्टियर्स जर्नालिस्ट फोरम (जनस्वयंसेवी पत्रकार मञ्च) ले ३० पत्रकारको एक लाख रुपैयाँको कोरोना बिमा गराएको छ । एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका नेपाल आर्थिक पत्रकार संघ (नाजिफ) मा आवद्ध ११, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाअन्तर्गत राहत वितरणमा खटिएका १४ र इन्स्योरेन्स खबरमा कार्यरत चार तथा फोरममा आबद्ध एकजनाको बिमा भएको हो ।
फोरमले ३० जनाको प्रतिव्यक्ति ६०० का दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बिमा शुल्क बुझाएर कुल ३० लाख बिमांकको कोरोना बिमा गरिएको संयोजक नवराज न्यौपानेले बताए । आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरण गर्ने कार्यमा खटिएका थप २० पत्रकारको बिमा गर्ने योजना बनाएको न्यौपानेले बताए ।
बिमा समितिको ५२औं वार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केट्रिङ प्रमुख अन्जन ढकालले संयोजक नवराज न्यौपानेलाई बिमा पोलिसी हस्तान्तरण गरे ।