कारोबार संवाददाता
आइतवार, जेठ ४, २०७७
558

शिखर इन्स्योरेन्स १ करोड भन्दा बढीको कोरोना भाइरस बिमाशुल्क संकलन गर्ने पहिलो कम्पनी भएको छ । २०७७ जेष्ठ २ गते सम्म शिखर इन्स्योरन्सले करिब १८ सय कोरोेना भाइरस बिमालेख जारी गरी १ करोड १० लाख भन्दा बढीको कोरोनाभाइरस बिमाशुल्क संकलन गरेको छ ।
शिखर इन्योरेन्सबाट हालसम्म २० हजार बढी व्यक्तिले कोरोनाभाइरस बिमा गराएका छन् । नेपालको अग्रणी बिमा कम्पनीको रुपमा रहेको शिखर इन्स्योरेन्सको कोरोना भाइरस बिमालेख संख्यामा २७ प्रतिशतको बजार हिस्सा रहेको छ ।

डिजिटल इन्स्योरेन्समा पनि शिखर इन्स्योरेन्स अग्रणी स्थानमा रहेको छ । २०७७ जेष्ठ २ सम्ममा जारी कुल मध्ये करिब ५०० बीमाको लागि अनलाइनबाट प्रस्ताव फाराम प्राप्त भएको छ ।
शिखर इन्स्योरेन्सको नेपालभरीको शाखाहरुबाट कोरोनाभाइरस बिमा प्राप्त गर्न सकिन्छ भने हालसम्म ५० भन्दा बढी जिल्लाका बासिन्दाहरुले शिखर इन्स्योरेन्सबाट कोरोनाभाइरस बिमा गराएका छन् ।