कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७
467

राष्ट्रिय बिमा संस्थानले सरकारले स्थापना गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६ लाख रुपैयाँ जम्मा गरको छ ।
संस्थानले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत सञ्चालकहरुको तर्फबाट एक दिनको बैठक भत्ता, मुख्य व्यवस्थापक र सो भन्दा माथिका कर्मचारीहरुको सुरु तलब स्केलको सात दिन, व्यवस्थापक, सह–व्यवस्थापक, नायब व्यवस्थापक र सहायक व्यवस्थापक तहका कर्मचारीहरुको सुरु तलब स्केलको पाँच दिन, सहायक ‘क’, सहायक ‘ख’ र कार्यालय सहयोगी, सवारी चालकहरुको तलब स्केलको तीनदिन बराबरको तलब सहयोग गरेको हो ।
उक्त कोषमा यस अघि नै संस्थाको तर्फबाट एक करोड रुपैयाँ जम्मा गरी सकेको संस्थानले जनाएको छ ।