कारोबार संवाददाता
मंगलबार, बैशाख २३, २०७७
900

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसकोे कारणले आम जनमानसमा ठूलो प्रभाव पारेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै कामना सेवा विकास बैंकप्रति जिम्मेवार बन्दै बिमा सुविधा सहितको कोरोना सुरक्षा बचत खाता सञ्चालनमा ल्याएको छ ।
नेको इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा खोलिने यो खाताको न्यूनतम् मौज्दात रकम ५००० रुपैयाँ रहनेछ । यो खाता खोलेका ग्राहकलाई कोरोना संक्रमण भएको पिसीआर टेष्टद्वारा पुष्टि भएमा ५०,००० रुपैयाँको बिमा रुकम प्रदान गरिनेछ ।
कामना सेवाको वेबसाइटमा गएर अनलाइनबाट पनि यो खाता खोल्न सकिने बैकले जनाएको छ ।