कारोबार संवाददाता
मंगलबार, चैत्र २५, २०७६
501

सिद्धार्थ इन्स्योरेन्स लिमिटेको यही चैत २८ गते हुने भनिएको १८ औं वार्षिक साधरणसभा स्थगित भएको छ । चैत २१ गते बसेको सञ्चालक समितिको बैठकबाट साधारणसभा स्थगित भएको जनाएको छ । हाल विश्वभरि फैलिरहेको ‘कोभिड –१९’ को कारण देशमा असहज परिस्थितिको सिर्जना भई तोकिएको मितिमा वार्षिक साधारणसभा बस्न नसक्ने भएको हुँदा अर्को निर्णय नभएसम्मको लागि उक्त वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय भएको भन्दै कम्पनीले समय परिस्थित सहज भइसकेपछि स्थगित भएको १८ औं साधारणसभा हुन पनि प्रेस विज्ञप्तिमा बताइएको छ ।