कारोबार संवाददाता
बिहिवार, फाल्गुन १, २०७६
593

सिद्धार्थ इन्स्योरेन्स तथा सिप्रदी ट्रेडिङ प्रालिबीचमा बिमितहरूलाई नगदरहित सवारी साधन मर्मत–सम्भार गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार सिप्रदी ट्रेडिङले बिक्री गरेको र सिद्धार्थ इन्स्योरेन्समा बिमा भएका सवारी साधनहरू क्षति भई मर्मत गर्नुपरेमा सिप्रदी ट्रेडिङको नेपालभरिका कुनै पनि आधिकारिक वर्कसपमा मर्मत–सम्भार गर्दा बिमितहरूले बिमालेखको रक्षावरणसम्मको रकम वर्कसपलाई सिद्धार्थ इन्स्योरेन्सबाट भुक्तानी हुने कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठले बताए ।
सम्झौता पत्रमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा र सिप्रदी ट्रेडिङका तर्फबाट भाइस प्रेसिडेन्ट सौरभराज थपलियाले हस्ताक्षर गरेका थिए । यस सम्झौताबाट बिमितले झन्झटरहित र प्रभावकारी बिमा दाबीको सेवा प्राप्त गर्न सक्ने कम्पनी विश्वास गरेको पनि जनाएको छ ।