कारोबार संवाददाता
आइतवार, पुष २७, २०७६
577

मेटलाइफले यो साता प्रदेश नं. ३ अन्तर्गत काठमाडौँको रवि भवनमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो सञ्चालन विस्तार गरेको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठल अन्य स्थानीय कर्मचारीहरूको उपस्थितिमा कार्यालयहरूको उत्घाटन गरेका थिए ।
यो थप नयाँ कार्यालयपछि मेटलाइफको नेपालमा कुल ३१ र काठमाडौँ भित्रमात्रै १० वटा कार्यालयले पुग्ने भएको भन्दै कम्पनीले यसरी भएको विस्तारले काठमाडौंको कलंकी तथा कालीमाटीक्षेत्रमा रहेका कम्पनीका ग्राहकहरूलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने विश्वास लिएको छ ।