कारोबार संवाददाता
बुधवार, मंसिर ४, २०७६
350

 नेपालको जीवन बिमा क्षेत्रमा पछिल्लो पटक संचालनमा आएका बिमा कम्पनीहरूले दिन प्रतिदिन नयाँ नयाँ योजनाहरू जारी गर्ने, शाखा विस्तारलाइ प्राथमिकता दिइ देशका अधिकांश क्षेत्रमा बिमाको पहुँच सहज बनाइ बिमा साक्षरता अभिवृद्धि लगायतका व्यवसाय वृद्धीमा आक्रामक तवरबाट कार्य गरिरहेको कारणले पछिल्लो दुइ वर्षको तथ्याङ्क हेर्दा जीबन बिमाको पहुँच करिब २० प्रतिशतको जनसंख्यामा पुगेको देखिन्छ जुन तथ्याङ्क हेर्दा दुइ वर्षको अवधिमा बिमालेख लिनेको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ भने नेपाली जीवन बिमा क्षेत्रमा व्यवसाय वृद्धीको अवसर अझै प्रशस्त रहेको भल्किन्छ भने नयाँ कम्पनीहरूको यस अवसरबाट अझ बढी लाभ लिन सक्ने देखिन्छ ।  
नेपालको जीवन बिमा क्षेत्रमा पछिल्लो पटक संचालनमा आएका बिमा कम्पनीहरूले दिन प्रतिदिन नयाँ नयाँ योजनाहरू जारी गर्ने, शाखा विस्तारलाइ प्राथमिकता दिइ देशका अधिकांश क्षेत्रमा बिमाको पहुँच सहज बनाइ बिमा साक्षरता अभिवृद्धि लगायतका व्यवसाय वृद्धीमा आक्रामक तवरबाट कार्य गरिरहेको कारणले पछिल्लो दुइ वर्षको तथ्याङ्क हेर्दा जीबन बिमाको पहुँच करिब २० प्रतिशतको जनसंख्यामा पुगेको देखिन्छ जुन तथ्याङ्क हेर्दा दुइ वर्षको अवधिमा बिमालेख लिनेको संख्या दोब्बरभन्दा बढीले वृद्धि भएको छ भने नेपाली जीवन बिमा क्षेत्रमा व्यवसाय वृद्धीको अवसर अझै प्रशस्त रहेको भल्किन्छ भने नयाँ कम्पनीहरूको यस अवसरबाट अझ बढी लाभ लिन सक्ने देखिन्छ । आफ्नो व्यवसाय शुभारम्भ गर्दा देखि नै घातक रोग उपचार सुविधा सहितका बिमा योजनाहरू बजारमा ल्याइ हाल सर्वाधिक संख्यामा घातक रोग उपचार सुविधा दिने नेपालको एकमात्र कम्पनीको रुपमा आफ्नो अलग्गै पहिचान बनाएको ज्योति लाइफ इन्स्योरेन्सले चालु आ.व.को पहिलो त्रयमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

उक्त वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस आव.को पहिलो त्रयमासमा कुल बिमा शुल्कमा १२४ प्रतिशतले वृद्धी भइ २७.६५ करोड आर्जन गरी दिर्घकालिन तथा अल्पकालिन लगानीमा क्रमशः ३५ प्रतिशत र १७५ ले वृद्धी गरेको छ भने नाफामा २५ प्रतिशतले वृद्धी गर्दै ३.७६ करोड नाफा गर्न सफल भएको छ ।
 व्यवसाय तथा लगानी वृद्धी, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीले पहिलो त्रयमासमा जगेडा कोषमा समेत ७३ प्रतिशतले वृद्धी भइ २४.८० करोड कायम हुन गएको देखिन्छ भने ३०५ प्रतिशतले वृद्दी भइ ९१.४६ करोडको जिवन बिमा कोष खडा भएको देखिन्छ । जीवन बिमा कम्पनीको बलियो आधार तथा एक महत्वपुर्ण सूचकको रुपमा जीवन बिमा कोषलाइ लिइन्छ जसको कारणले बिमितहरूले पाउने बोनसदरमा समेत सकारात्मक प्रभाव पार्ने र कम्पनीको बोनस दर आकर्षक हुन गइ आगामि दिनमा ज्योति लाइफका बीमितहरू लाभान्वित हुनसक्ने देखिन्छ ।