कारोबार संवाददाता
मंगलबार, मंसिर ३, २०७६
333

आईएमई लाइफ इन्स्योरेन्स क. लि. ले आ.व.२०७५-७६ का लागि नेपाल पूनर्बीमा कम्पनी लिमिटेडमा पूनर्बीमा प्रदान गरेका जीवन बिमा कम्पनीहरु मध्ये पूर्नबिमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मान पत्र नेपाल पुनर्बिमा कं. लि. को छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गरे ।
आई. एम. ई. लाइफ इन्स्योरेन्स कं. लि.ले देशै भरि ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सम्पूर्ण नेपाली माझ उत्कृष्ट सेवा पुर्याउदै आएको छ । त्यसैगरि कम्पनीले घातक रोग विरुद्द उपचार खर्च, लघुवीमा, सामुहिक वीमा लगायत वीमितलाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमायोजना प्रचलनमा ल्याएको छ । र, निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं वीमितहरुको चाहना अनुरmप नौला एवं लाभदायक बिमा योजनाहरु प्रस्तुत गर्ने र थप शाखा तथा उपशाखा कार्यालयहरु मार्फत सेवा विस्तार गरि जीवन बिमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।