कारोबार संवाददाता
शुक्रवार, कार्तिक २९, २०७६
414

लघु वित्त कम्पनीबाट कर्जा लिएका ऋणीहरूको कर्जा सुरक्षण गरी ऋणीको असामयिक निधनपश्चात् परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरूको ऋण सुरक्षा गर्ने उद्देश्यले सानिमा लाइफ कम्पनीले जन समक्ष “सानिमा कर्जा म्यादी बिमा योजना’ ल्याएको छ ।
यस बिमा योजनाअन्तर्गत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बिमा गरेको अवस्थामा कर्जा लिएपश्चात् कर्जा लिने व्यक्तिको मृत्यु हुन गएमा सो रकम वित्तीय संस्थालाई तिरिदिइ परिवारका सदस्यहरूले ऋण चुक्ता गर्न नसकि घर जायजेथा नै नोक्सान हुने स्थितिबाट जोगाउने पनि कम्पनीले जनाएको छ । यस बिमा योजनाका लागि न्यूनतम प्रवेश उमेर १६ वर्षदेखि अधिकतम प्रवेश उमेर ६९ वर्ष हुनुपर्ने, न्यूनतम बिमांक ५ हजार रुपैयाँ तथा अधिकतम बिमांक १० लाख रुपैयाँसम्म हुने पनि कम्पनीले जनाएको छ ।