कारोबार संवाददाता
बिहिवार, कार्तिक १४, २०७६
219

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकाबीच डोल्पाको दुनैमा शाखा कार्यालय उद्घाटन गरी कारोबार सुरु गरेको छ । उक्त औपचारिक कार्यक्रममा प्रमुख अतिथि बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले डोल्पाको दुनै शाखाको विधिवत् उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागार्इंले जीवन बिमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने भएकाले जोखिम बहनको साथै बचतसमेत हुने बताए ।
देशव्यापी रूपमा जीवन बिमा क्षेत्रको बजार विस्तारमा नेपाल लाइफले महत्वपूर्ण योगदान पु-याएको र डोल्पा जस्ता नेपालका अन्य दुर्गम क्षेत्रमा पनि आप्mनो सेवा पु-याइरहेकोमा नेपाल लाइफलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष चापागार्इंले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बिमाको दायरामा ल्याउन सुझाए । अध्यक्ष चापागाईंले बिमाको महत्वबारे हिमाली क्षेत्रका बासिन्दालाई बुझाउन आवश्यक रहेको भन्दै डोल्पामा नेपाल लाइफको सेवा प्रवाहले हिमाली क्षेत्रमा बीमाको उपस्थिति बलियो हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तीव्र गतिले बिमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एकतिहाइ बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भई देशको बिमा व्यवसायलाई बढाउन महत्वपूर्ण योगदान पु-याउन सफल भएको जनाए ।
साथै यो सफलता प्राप्त हुनुमा सबैको विश्वास र भरोसा रहेको बताउँदै, सो विश्वास र भरोसा सदैव कायम राख्न नेपाल लाइफ हरपल लागि पर्ने प्रमुख कार्यकारी अधिकृत झाले प्रतिबद्धता व्यक्त गरे ।