कारोबार संवाददाता
बुधवार, भदौ ११, २०७६
530

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा सोमबार कैलालीको धनगढी, अत्तरिया र कञ्चनपुर जिल्लाको महेन्द्रनगर, झलारीमा छुट्टाछुट्टै बिमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जनाएको छ । कम्पनीका अभिकर्ताहरू र स्थानीय जनसमुदायको सहभागिता रहेको उक्त कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्नुका साथै महाप्रबन्धक कमलराज गौतमले जीवनबिमाको महत्वबारे प्रकाश पारेको छ ।