कारोबार संवाददाता
मंगलबार, भदौ १०, २०७६
252

नेपालको पहिलो बिमा कम्पनीको रुपमा २००४ मा स्थापना भएको नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको आव २०७४-७५ कोे ७० औं वार्षिक साधारण सभाले आफ्नो सेयरधनीहरुलाई चुक्ता पुँजीको ७.५ प्रतिशतले बोनस सेयर बितरण गर्नका लागि साधारण सभामा प्रस्ताव पारित गरेको छ । यसबाट कम्पनीको चुक्ता पुँजी १ अरब ९ करोड ५५ लाख ३६ हजार ६ सय ५२ रुपैयाँ पुग्ने भन्दै कम्पनीका अध्यक्ष अर्जुन पौडेल शर्माले कम्पनीको ७० औं वार्षिक साधारण सभामा छलफलका लागी पेश गरिएका प्रस्तावहरु बहुमतका साथ पारित गरिएको जनाए । नेपालको बिमा बजारको क्षेत्रमा अग्रणी बिमा कम्पनीको रुपमा स्थापित भई कम्पनीले हाल आफ्नो एक प्रधान कार्यालय, ४६ शाखा र २९ सेवा केन्द्र गरी ७६ स्थानबाट निर्जीवन बिमा अन्तर्गत सम्पत्ती बिमा, मोटर, सामुन्द्रिक, इन्जिनियरिङ्ग, हवाई, विविध तथा लघु बिमा अन्र्तगत विभिन्न बिमा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

 


सातामा धेरै पढिएको