कारोबार संवाददाता
सोमवार, भदौ २, २०७६
596

निर्जीवन बिमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको आइतबार वीरगन्जको पर्सामा बसेको १७ औं वार्षिक साधारणले आव २०७४-७५ मा कम्पनीले १६ करोड २२ लाख १५ हजार ७ सय ३४ रुपैयाँ खुद मुनाफा हासिल गर्न सफल भएको जनाएको छ ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४-७५ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै सभाले कम्पनीले आर्थिक वर्ष २०७४-७५ मा १ अर्ब ३७ करोड १६ लाख ९४ हजार ७ सय ४० रुपैयाँ प्रिमियम संकलन गर्न सफल भएको पनि जानकारी गराएको छ ।
यसभन्दा अघि नै कम्पनीको विशेष साधारणसभाले ६० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरिसकेको छ । सो हकप्रद सेयर जारीपश्चात् कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्ने कम्पनीले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।