कारोबार संवाददाता
मंगलबार, श्रावण २८, २०७६
580

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र खल्ती डिजिटल वालेटबीच डिजिटल माध्यममार्फत बिमाशुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाइलमा रहेको खल्ती एपमार्फत सिधै बिमाशुल्क भुक्तानी गर्न सक्नेछन् ।
ग्राहकले आफ्नो बिमाशुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमार्फत सहजै बुझाउन सक्ने कम्पनीले जनाएको छ ।
उक्त सम्झौताको बारेमा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुखकार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले भने, “हामीले नेपालमा जीवन बिमा सेवालार्ई पुनर्परिभाषित गर्न खोज्दैछौं । खल्तीसँग यस प्रकारको सहकार्य गरी बिमाशुल्कको डिजिटल भुक्तानी सेवा सुरु गर्न पाउँदा हामी उत्साहित छौँँ ।” त्यस्तै, खल्तीमार्फत जीवन बिमाको भुक्तानी सेवा सुचारु गर्न लागेको अवसरमा खल्तीका प्रवन्ध निर्देशक मनिष मोदीले भने, “हामी रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौं । अब रिलायन्स लाइफ इन्स्योरेन्सका ग्राहकहरूले आफ्नो बिमाशुल्क भुक्तानी गर्न इन्स्योरेन्स कम्पनीको अफिस वा बैंक धाइराख्नु पर्दैन ।”