कारोबार संवाददाता
मंगलबार, असार १७, २०७६
286

मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लान उपत्यका बाहिर विस्तार हुने क्रममा पश्चिम नेपालका तीन सहरमा पुगेको छ । बुटवल, पोखरा र पाल्पामा मेरो सुरक्षाले शाखा विस्तार गरी सेवा सुरु गरेकोे हो ।
सञ्चालनमा आएको छोटो समयमै मोबाइल प्रयोगकर्ताबीच लोकप्रिय बनेको मेरो सुरक्षाले प्रिमियर इन्स्योरेन्ससँगको सहकार्यमा मोबाइलको बिमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

मोबाइल प्रोटेक्सन प्लानले मोबाइलका लाखौं प्रयोगकर्ता, मोबाइल व्यवसायी तथा राष्ट्रलाई योगदान पु-याउने विश्वास मेरो सुरक्षाले लिएको छ । मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले राजधानी तथा वीरगन्ज र चितवनमा पाएको सफलतासँगै मोबाइल प्रयोगकर्ताको आवश्यक्तालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको बताए । यसअघि नै चितवन र वीरगन्जबाट सेवा सुरु गरिसकेको मेरो सुरक्षाले निकट भविष्यमा धरान, इटहरी र विराटनगरबाट पनि सेवा सुरु गर्ने सुनवारले जानकारी दिए ।
सेवा सुरु गरेको छोटो समयमा नै ५० हजार बढी मोबाइल प्रयोगकर्ता मेरो सुरक्षाको मोबाइल प्रोटेक्सन प्लानमा आबद्ध भइसकेका छन् । दैनिक दुई सयभन्दा बढी मोबाइल प्रयोगकर्ता प्रोटेक्सन प्लानमा सहभागी हुने गरेको मेरो सुरक्षाले जनाएको छ ।
साथै मेरो सुरक्षाले प्रोटेक्सन प्लानमा आबद्ध हुने प्रयोगकर्तालाई एक लाख रुपैयाँ बराबरको बिमा सेवा पनि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
जुनसुकै स्मार्टफोन बिग्रिएमा, हराएमा वा चोरी भएमा योजनामा आबद्ध मोबाइलका प्रयोगकर्ताले प्रोटेक्सन प्लानअन्तर्गत नयाँ मोबाइल पाउने छन् । साथै हराएको सम्पूर्ण डाटा रिकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराइनेछ । मेरो सुरक्षाको ब्रान्ड एम्बेसडर महानायक राजेश हमाल छन् ।