कारोबार संवाददाता
बुधवार, असार ११, २०७६
230

ग्राहकहरूलाई बिमा सेवाका अतिरिक्त देशको सम्पूर्ण प्रदेशहरूमा अन्य सेवासुविधा विस्तार गर्ने क्रममा प्रदेश नं २, जनकपुरस्थित
समर अस्पतालसँग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको छ ।

उक्त सम्झौतामा ज्योति लाइफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पूरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा सेयरधनीहरूलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरूले अस्पतालबाट उपलब्ध हुने उच्चस्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सम्झौतापश्चात् जनकपुरलगायत आसपासका कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरू लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको जनाएको छ । सम्झौतापत्रमा लाइफ इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र समर अस्पतालका प्रबन्ध निर्देशक डा. सुजित यादवले हस्ताक्षर गरेका थिए ।