कारोबार संवाददाता
मंगलबार, असार १०, २०७६
477

 निर्जीवन बिमा व्यवसायमा सक्रिय रहँदै आइरहेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कालीमाटीमा आफ्नो शाखाविस्तार गरेको छ । पूर्वस्थानीय विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले सो शाखाको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सरकार आर्थिक समृद्धि र विकासलाई आत्मसाथ गर्दै अघि बढेकाले अब नेपाली बिमा व्यवसायको भूमिका पनि समृद्धिसँगै जोडिनुपर्ने बताए । श्रेष्ठले कम्पनीले उपलब्ध गराउने सेवा बेलैमा आत्मसाथ गर्नसके भैपरि आउनसक्ने जोखिमलाई कम गर्न सहयोग पुग्ने बताए । कार्यक्रममा कम्पनीका अध्यक्ष कुनल क्यालले छोटो समयमा कम्पनीले आफ्नो नेटवर्कलाई देशभर पुर याउन सफल भएको बताए । उनले उपत्यकाको ११ औं शाखाका रूपमा कालीमाटी शाखा रहेको र ६ वटा शाखा महिला कर्मचारीको नेतृत्वमा सञ्चालन भएको बताए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत एसके तमोटले आगामी आर्थिक वर्षाभित्र शाखा सञ्जाल संख्या ६० पुर याउने र अधिकृत पुँजी १ अर्ब पुर याउने बताए ।