कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
253

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालयको नियमनकारी निकाय बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईं, कम्पनी सञ्चालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमारलाल कर्णले संयुक्त रूपमा उद्घाटन गरे ।
कम्पनीले देशको संघीय ढाँचाअनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने थालनी स्वरुप प्रदेश नं. ३ को प्रादेशिक कार्यालय काठमाडौंको बबरमहलमा स्थापना गरेको हो । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरूको समन्वय एवं व्यवस्थापनको काम गरिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।