कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६
292

सूर्या लाइफ इन्योरेन्स लिमिटेडले इमर्जिङ एसिया इन्स्योरेन्स अवार्ड–२०१९ पाउन सफल भएको छ । इन्स्योरेन्सलाई भारतीय चेम्बर अफ कमर्सले सन् १४ जुन, २०१९ मा थाइल्यान्डको बैंककमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमा बिमा व्यवसाय विस्तारसम्बन्धी रणनीतिक सफलताका लागि विशेष भूमिका खेलेकाले इमेरर्जिङ एसिया इन्स्योरेन्स् अवार्ड–२०१९ पुरस्कार दिएको जानकारी दिएको हो ।
कम्पनीले भारतीय चेम्बर अफ कमर्सबाट स्पेशल रिकगिनसन फर इन्स्योरेन्स स्प्रेडिड स्ट्रटाटजी फर द इयर २०१९ पुरस्कार प्राप्त सफल भएको कम्पनीले जनाएको छ । पुरस्कार वितरण समारोहमा भाग लिन कम्पनीका अध्यक्ष केशवप्रसाद भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे थाइल्याण्ड पुगेका थिए ।