कारोबार संवाददाता
मंगलबार, असार ३, २०७६
359

ज्योतिलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ई–सेवाबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै इन्स्योरेन्स कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पु¥याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता भएको कम्पनीले जनाएको छ ।
सम्झौतासँगै ज्योतिलाइफबाट जारी गरिएका सबै बिमालेखहरूको नवीकरण शुल्क भुक्तानी ई–सेवाका कुनै पनि जोन पोइन्ट तथा विमित आफैंले पनि आफ्नो ई–सेवा एपबाट मोबाइल तथा कम्प्युटरबाट गर्न सक्ने भन्दै कम्पनील सम्झौतासँगै हाल परीक्षणको कार्य भइरहेकाले सफल परीक्षणपश्चात् छिट्टैन सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्ने जनाएको छ ।
सेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाईजहाजबो टिकट छन् । यी बैंकबाट ई–सेवामा सहजै रकम जम्मा गर्न तथा ई–सेवाबाट बैंक खातामा रकम पठाउन सकिने पनि कम्पनीले जनायो ।