कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
1104

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दैलेखले नारायण नगरपालिका–६ बिजौराका स्वर्गीय दिलबहादुर थापाको परिवारलाई जीवन बिमाबापतको मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।
कम्पनीको दैलेख उपशाखाले बुधबार मृतकका परिवारलाई घरमै गई एक कार्यक्रम गरी मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी उपशाखा दैलेखका प्रमुख गणेशबहादुर थापा र उपशाखा दैलेखका एजेन्सी मेनेजर रोकितकुमार रानाले मृतक परिवारलाई संयुक्त ५ लाख ११ हजार २ सयको चेक मृतकका बुबा चन्द्र थापालाई हस्तान्तण गरेका छन् ।

२ लाख ४० हजारको बिमा गरेका स्वर्गीय दिलबहादुर थापाले दुई किस्ता ३२ हजार ६ सय २० रुपैयाँ बिमा रकम तिरेको थिए । बिमा गरेको २ वर्षमै उनको दुघटना परी ज्यान गएको थियो । जीवन बिमालेखअन्तर्गत मृत्यु दाबीबापत २ लाख ४० हाजर, दुर्घटनाबापत २ लाख ४० हाजर र बिमालेखको आर्जित बोनसबाट ३१ हजार २ सय गरी जम्मा ५ लाख ११ हजार २ सयको चेक घरमै पुगी हस्तान्तण गरिएको एजेन्सी मेनेजर रोहितकुमार रानाले बताए ।
बिमा रकम हस्तान्तण कार्यक्रममा एजेन्सी मेनेजर रानाले कतिखेर कसलाई के हुन्छ, कसैलाई थाहा नहुने र केही रकम पनि बचत हुने भएकाले सबैले जीवन बिमा गर्न आवश्यक रहेको बताए । उपशाखा प्रमुख थापाले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बिमितहरूका लागि धेरै सेवा सुविधा दिएकाले पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्स प्रतिबिमा गर्नेको संख्या बढेको बताए ।