कारोबार संवाददाता
सोमवार, श्रावण २६, २०७७

एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६-०७७ को चौथो त्रैमासको अन्त्यमा १९ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । आव २०७५-०७६ को सोही अवधिको तुलनामा करिब ५ गुणाको बढोत्तरी रहेको छ ।

128
कारोबार संवाददाता
सोमवार, श्रावण २६, २०७७

कोरोनबाट प्रभावित समुदायमा रहेका जोखिम समुहसम्म पुग्नका लागि मेटलाइफ फाउन्डेशनले प्लान नेपालसँग काम गरिरहेको जनाएको छ । प्लान नेपालले आयको स्रोत गुमाएका तथा कृषिमा निर्भर रहेका गरीब र जोखिममा रहेका परिवारलाई नगदे बाली तथा घरमा तरकारी उब्जाउनका लागि बीउ विजन तथा मलखादलगायत परम्परागत कृषि उपकरण प्रदान गरेको छ ।

153
कारोबार संवाददाता
बिहिवार, श्रावण २२, २०७७

सरकारले सामूहिक कोरोना बिमामा अनुदान दिने भएको छ । चालू आर्थिक वर्षको बजेटमा गरेको घोषणा अनुसार अर्थ मन्त्रालयले कार्यविधि स्वीकृत गरेपछि कार्यान्वयनमा आएको हो । बिमा समितिले बुधबार पत्रकार सम्मेलन गरी कोरोना बिमामा अनुदान सुरु भएको औपचारिक घोषणा गरेको छ । अनुदान कार्यविधिअनुसार सर्वसाधारणले कोरोना बिमा गर्दा प्रिमियमको ५० प्रतिशत र सरकारी कर्मचारीले पूर्ण अनुदान प्राप्त गर्ने व्यवस्था गरेको छ । अनुदानका लागि भने सामूहिक रुपमा नै बिमा गर्नुपर्नेछ । व्यक्तिगत रुपमा गरिएको बिमामा भने अनुदान उपलब्ध नहुने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।

322
कारोबार संवाददाता
सोमवार, श्रावण १९, २०७७

बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक—२०७५ लाई संशोधन गरी ल्याउन अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ । विधेयकको दफावार छफललमा सांसदहरूले असन्तुष्टी जनाएपछि त्यसलाई संशोधनसहित पेश गर्न निर्देशन दिएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ असारमा संघिय संसदमा बिमा क्षेत्रलाई नियमन गर्नका लागि विधेयक पेश गरेका थिए । विधेयकमा सांसदहरूको ८५ वटा संशोधन प्रस्ताव परेको छ ।

327
सागर परियार
बुधवार, श्रावण १४, २०७७

राष्ट्रिय जनगणना २०६८ अनुसार स्वास्थ्य बिमा कार्यक्रम देशभरका ४६ जिल्लामा कार्यान्वयनमा रहेको छ । ४६ जिल्लाको कुल जनसंख्या १ करोड ५० लाख ४५ हजार ९ सय २९ रहेको छ । जसमा १६ लाख ८६ हजार २ सय २९ जना मात्रै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी रहेको महालेखा परिक्षाको प्रतिबेदनले जनाएको छ ।

350
कारोबार संवाददाता
सोमवार, श्रावण १२, २०७७

अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबीच प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता सेयर सूचीकरण गर्ने सम्झौता भएको छ ।

335
कारोबार संवाददाता
शनिवार, श्रावण १०, २०७७

सेलपे सेवाले महालक्ष्मीलाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ ।

346
कारोबार संवाददाता
शनिवार, श्रावण १०, २०७७

नेपाल पुनर्बिमा कम्पनीले आर्थिक वर्ष २०७५-०७६ को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५-०७६ को लाभाशंबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो ।

333
कारोबार संवाददाता
शुक्रवार, श्रावण ९, २०७७

एभरेष्ट इन्स्योरेन्स कम्पनी लि.को २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

492
कारोबार संवाददाता
बुधवार, श्रावण ७, २०७७

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन ११ गतेको लागि साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले साउन ११ गते साधारण सभा बोलाउने निर्णय गरेको हो ।

349
कारोबार संवाददाता
शुक्रवार, श्रावण २, २०७७

नेको इन्स्यारेन्सले कृषि विकास बैंकको लहान शाखामा जालसाजी तथा बेइमानीको कारणबाट बैंकलाई हुन गएको हानी नोक्सानीको बिमा दाबी पेस्की भुक्तानी गरेको छ ।

435
कारोबार संवाददाता
बुधवार, असार ३१, २०७७

सगरमाथा इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई पुनर्नियुक्त गरेको छ ।

633
कारोबार संवाददाता
मंगलबार, असार ३०, २०७७

  रिलायन्स लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष ताराचन्द केडियाको अध्यक्षतामा सभा सम्पन्न भएको हो । उनले आर्थिक वर्ष २०७५-०७६ को वार्षिक प्रतिवेदन पेस गरे ।

501
कारोबार संवाददाता
आइतवार, असार २८, २०७७

बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाइँले नेपालमा हालसम्म २४ प्रतिशत जनतामा बिमाको पँहुच पुगेको बताएका छन् । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी, (निप्स) पोखरा च्याप्टरको शनिबार पोखरामा स्मारिका विमोचन तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष चापागाइँले नेपालमा करिब ७१ लाख अर्थात २४ प्रतिशत जनताले बिमा गराएको दाबी गरेका हुन् ।

456
कारोबार संवाददाता
सोमवार, असार २२, २०७७

अजोड इन्स्योरेन्स लिमिटेडले आइतबार आफ्नो दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनी सञ्चालनमा आएको छोटो अवधिमा नै प्रधान कार्यालयसहित ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र १ वटा ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बिमा सेवा प्रदान गर्न सक्षम भएको पनि कम्पनीले जनाएको छ ।

973