कारोबार संवाददाता
आइतवार, असार २८, २०७७
1380

विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क नेपालमा पनि पाइने भएको छ । हालसम्म नेपालमा उपलब्ध नभएको उक्त मास्क मोबाइल एप रिचार्जरले नेपालमा भित्र्याएको हो ।
९५ प्रतिशतसम्म हावालाई पूर्णरुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास लिइएको छ ।

कोरोना संक्रमणको जोखिमका बीच नेपालमा नै पहिलो पटक रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन ९५ मास्क भित्र्याएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
साथै रिचार्जरले कार्यालय, होटल तथा रेष्टुराँलाई लक्षित गर्दै लेमन फ्लेवरको गुणस्तरीय एमएचआई ब्राण्डको थोक तथा खुद्रा बिक्री वितरण गर्न थालेको छ । नेपालका लागि आधिकारिक बिक्रेताको रुपमा रिचार्जरले एमएचआईका स्यानिटाइजरको बिक्री बितरण सुरु गरेको हो ।