कारोबार संवाददाता
बुधवार, जेठ २१, २०७७
460

दैनिक एक लाख भन्दा बढि कारोबार हुँदै आएको फोनपेले विश्व विख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इण्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डिएसएस भिथ्रि टु वान प्रमाणिकरण प्राप्त गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त एक प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर फोनपे पेमेन्ट सर्विस लिमिटेडको नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था र एक लाख ४० हजार मर्चेन्ट रहेका छन् । त्यसैगरी ११ लाख मोबाइल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ ।
योसँगै कम्पनीको पूरा प्लेटफर्म पिसिआई डिएसएस मान्यता प्राप्त सेवा प्रदायकको उपलब्धी हासिल गरेको भन्दै कम्पनीले यस प्रमाणिकरणले फोनपेको दायरा अन्र्तगत गरिएका सबै कारोबार सुरक्षित रहेको तथा भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध रहेको जनाएको छ ।