कारोबार संवाददाता
बुधवार, जेठ १४, २०७७
828

चैत दोस्रो सातादेखि सुरु भएको लकडाउन अहिलेसम्म जारी छ । यसबीच नेपालको अन्तर्राष्ट्रिय व्यापार निकै घटेको छ । सरकारले अत्यावश्यक वस्तुलाई प्राथमिकतामा राखेर आयात खुला राखेको छ । यस्तो परिस्थितिमा मोबाइल फोनको आयात पनि टुटेको छैन ।
भन्सार विभागका अनुसार वैशाख महिनाभर एक लाख चार हजार तीन थान मोबाइल आयात भएका छन् । विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म ३९ लाख ५१ हजार थान बराबरको मोबाइल नेपाल भित्रिसकेका छन् । जसका लागि मुलुकबाट १४ अर्ब ६८ करोड रुपैयाँ बाहिरिएको छ ।