कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
1708

एप्पलका फ्यानहरुका लागि २०२० खुशीको समाचारको वर्ष हुने भएको छ । एप्पलको आइफोन सिरिजको मूल्य एक लाख नाघेर माथि पुगिरहँदा कम्पनीले लाख मुनीका प्रिमिएम सेट बजारमा ल्याउन थालेको हो ।
यसअघि पनि सस्तोमा एसइ सिरिजको फोन विश्व बजारमा नल्याइएको होइन । तर फिचरहरु कम भएकाले उपभोक्ताको मन जित्न माथिल्लो रेन्जका आइफोनको फिचर भएका फोन कम मूल्यमै उपलब्ध गराउने गरी एप्पलले काम थालेको हो । आउँदो फेब्रुअरीमै बजारमा ल्याउने तयारीमा रहेको आइफोनको सस्तो सिरिजको फोन एप्पलको आइफोन ९ सरहको फिचर हुने अपेक्षा गरिएको छ ।
नयाँ सिरिजका आइफोनमा टच आइडीसहितका हुनेछन् तर फेस आइडी भने हुने छैनन् । फेस आइडी फिचर महँगो भएकाले सस्तो रेन्जको फोनका फेस आइडी नराखिएको अनुमान गरिएको छ । यसबीच एप्पलले यसै वर्ष प्रिमियम सेटहरु समेत बजारमा ल्याउनेछ जसको मूल्य २ सय डलर हुन सक्नेछ । एप्पलले सस्तो सिरिजका फोनको उत्पादन गर्न भारतमा फर्म राखेको छ ।