कारोबार संवाददाता
शुक्रवार, माघ १०, २०७६
787

सामसङले हालै विश्व बजारमा ल्याएको ग्यालेक्सी नोट १० लाइट भारतमा सार्वजनिक गरेको छ । एस टेनको लाइट भर्सनमा ल्याइएको यो स्मार्टफोन फुल एचडी सुपर एमोलेड डिस्प्लेसहितको छ ।
सामसङ ग्यालेक्सी नोट १० लाइट २४०० गुणा १०८० पिक्सल रिजोल्युसन छ, जसलाई सिनेम्याटीक इनफिनीटी डिस्प्ले नाम दिएको छ । यसमा नोट १० लाइटमा एनएफसी र सामसङ पे जस्तो फिचरसहितको फिचर छ । ६ जीबी -याम र ८ जीबी -याम अप्सनमा सार्वजनिक गरिएको यो फोन १२८ जीबी स्टोरेजमा छ । माइक्रो एसडी कार्डबाट बढाएर स्टोरेजलाई १ टेराबाटइनसम्म बनढाउन सकिन्छ ।

ग्यालेक्सी नोट १० लाइटलाई २.० यूआईमा आधारित एन्ड्रोइडको पछिल्लो भर्सन एन्ड्रोएड १० जडित छ भने यसमा सामसङको आफ्नै १० एनएम प्रविधिमा बनेको ९८१० चिपसेटमा छ । सुपर फास्ट चार्जिङ सपोर्ट गर्ने ४,५०० एमएएचको ब्याट्री छ । एडभान्स एस पेनले चलाउन मिल्ने यो फोनमा एफ २.२ अपर्चर सहितको १२ मेगापिक्सेलको अल्ट्रा वाइड एङ्गल लेन्स क्यामरा, एफ१.७ अपर्चरसहितको १२ मेगापिक्सेलको वाइड लेन्स र एफ २.४ अपर्चरसहितको १२ मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ । फोनको पंचहोल डिस्प्लेमा ३२ मेगापिक्सेलको सेल्फी क्यामरा छ ।
सामसङ ग्यालेक्सी नोट १० लाइटको ६ जीबी -याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ३८ हजार ९९९ भारु रहेको छ । ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ४० हजार ९९९ भारुमा तोकिएको छ । यो फोन ओरा ग्लो, ओरा ब्ल्याक र ओरा रेड कलर उपलब्ध छ । आउँदो फरवरी ३ बाट कम्पनीको बेवसाइटको साथै अनलाइन सपिङ साइट्समा र अफलाइन रिटेल स्टोर्समा बिक्रीको लागी भारतभर उपलब्ध रहेको छ । नेपालमा कहिले आउँछ भन्ने निश्चित नभए पनि छिटै नेपाली बजारमा भित्रने अनुमान गरिएको छ ।