कारोबार संवाददाता
शुक्रवार, कार्तिक २२, २०७६
382

शाओमी ग्लोबल टेक्नोलोजी लिडरले बिहीबार आफ्नो नेपालको आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । शाओमीले दुई महिनाको अवधिमा सर्भिस सेन्टरहरू सञ्चालनमा ल्याएको छ र नारायणघाटस्थित यो कम्पनीको पाँचौं सर्भिस सेन्टर भएको जनाउँदै कम्पनीले अन्य सर्भिस सेन्टरहरू काठमाडौं, नेपालगन्ज र इटहरीमा अवस्थित रहेको बताएको छ ।
ब्रान्डका रूपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेन्चमार्क निर्माण र कायम गर्न लगनशील प्रयासहरू प्रदर्शन गरिरहेको छ र नेपालमा आफ्टर सेल्स् सर्भिस नेटर्वक विस्तार गरेर यसतर्फ महत्वपूर्ण कदम चालेको पनि जनायो ।