कारोबार संवाददाता
सोमवार, आश्विन २७, २०७६
480

सिटिसी मोबाइल हब सुन्धाराले ‘अफरै अफर’ सहित मोबाइल मेला सञ्चालन गरिरहेको मोबाइल हबले सेवाग्राहीको आवश्यक्तालाई ध्यानमा राख्दै तिहारमा टीकाको दिनबाहेक सबै दिन मोबाइल मेला सञ्चालन गर्ने भएको हो ।
वर्षमा ३६३ दिन नै सेवा दिँदै सेवाग्राहीलाई सहज बनाउनका लागि यस्तो अभियान सुरु गरिएको मोबाइल हबले जनाएको हो । अफरभित्र अपरसहित सञ्चालित मोबाइल मेलामा मोबाइल खरिद गर्दा निःशुल्क मोबाइल इन्स्योरेन्स सेवा पाइने मोबाइल हबले जनाएको छ ।

असोज ५ गतेदेखि कातित्तक १६ सम्ममा मोबाइल खरिद गर्ने सबै ग्राहकलाई ‘लक्की ड्र’मा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहाको रेजेट आर स्कुटर प्रदान गरिने भन्दै कम्पनीले दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप वितरण गर्न पनि जनाएको छ ।
हरेक दिन मेला अवलोकनकर्ता मध्येबाट ‘लक्की ड्र’ मार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाइलको खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार समेत पाउने भन्दै मोबाइल मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बिमाको समेत व्यवस्था गरिएको पनि कम्पनीको भनाइ छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्रहीले त्यसको समाधान पाउने तथा मेलामा आउने ग्राहकका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको पनि मेलाको आयोजकले जनाएका छन् ।
त्यसैगरी हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क वितरण हुनेछ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाइल, ३ स्कोर गरे आफूले खरिद गरेको मोबाइलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरिद गरेको मोबाइल निःशुल्क पाइने कम्पनीले जनायो ।