कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
402

एनसेलका ग्राहकले अब विभिन्न १० देशको भ्रमणमा रहँदा बिना कुनै झन्झट सुलभ दरमा डेटा रोमिङ सेवाको फाइदा लिन सक्नेछन् । एनसेल प्रालिले आफ्नो आकर्षक ‘अनलिमिटेड रोमिङ डेटा प्याक’ योजनामा बिहीबार (असोज १६) बाट कतार, संयुक्त अरब इमिरेट्स र अमेरिका पनि समावेश गर्ने भएको छ ।
योसँगै अब भारत, मलेसिया, अमेरिका, कतार, संयुक्त अरब इमिरेट्स, सिंगापुर, श्रीलंका, बंगलादेश, कम्बोडिया र इन्डोनेसियाको भ्रमणमा जाने ग्राहकहरूका लागि अनलिमिटेड रोमिङ डेटा प्याक उपलब्ध हुनेछ । यस अफरअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्पेड ग्राहकले यी देशहरूको भ्रमणमा रहँदा हरेक दिन करबाहेक मात्र १ सय रुपैयाँ (रु. १२७.६९ करसहित) मा अनलिमिटेड रोमिङ डेटा सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।
यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानुअघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार यो रोमिङ सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ सेवा सुचारु गरिसके पछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याकलिन सक्ने कम्पनीको दाबी छ ।


सातामा धेरै पढिएको