कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
186

चिनीयाँ स्मार्टफोन ब्राण्ड ओप्पोले रेनो सिरिजका स्मार्टफोन अक्टोबरभित्रै नेपालमा सार्वजनिक गर्ने भएको छ । यसअघि रेनो टेन एक्स जुम सार्वजनिक गरेको ओप्पोले नेपालमा रेनो टू सिरिजका नयाँ मोडलहरुको तयारी गरेको हो ।
ओप्पोले यसअघि भारतमा रेनो सिरिज सार्वजनिक गरिसकेको छ । रेनो सिरिजको नयाँ संस्करण अन्तर्गत रेनो टू, रेनो टूजेड र रेनो टूएफ पर्छन् । रेनोको सिरिजका सबै स्मार्टफोन भित्र्याउने वा छानिएका मुख्य स्मार्टफोन भित्र्याउने भन्ने विषयमा भने निर्णय भइनसकेको ओप्पो नेपालले जनाएको छ । फोटोग्राफीलाई प्राथमिकता दिइएको रेनोका नयाँ सिरिजका फोनमा ४८ मेगापिक्सेल क्वाड क्यामेरा सेटअप छ भने २० एक्स डिजिटल जुम सहितको फाइभ एक्स हाइब्रिड जुम, अल्ट्रा क्लियर नाइट शट्स खिच्न सघाउने अल्ट्रा डार्क मोड, क्लियर र स्मूथ भिडियो खिच्नका लागि अल्ट्रा स्टिडी भिडियो लगायतका फिचर्सहरु उपलब्ध रहेका छन् ।
जुन २०१९ मा युवा रचनात्मकतालाई प्रोत्साहन दिने सोचका साथ बजारमा ल्याइएको युवा पुस्ता लक्षित फोन हो । रेनो टू सिरजले प्रयोगकर्ताका रचनात्मकतालाई थप नयाँ उचाई प्रदान गर्ने विश्वास लिइएको कम्पनीले जनाएको छ । नयाँ फोनले प्रयोगकर्तालाई परम्परागत फोटोग्राफी भन्दा माथि उठ्दै अझ रचनात्मक, ताजा अनुभूति तथा भावना प्रस्फुटन गर्न सघाउने तस्विर खिच्न सघाउने दाबी कम्पनीको छ ।


सातामा धेरै पढिएको