कारोबार संवाददाता
शुक्रवार, आश्विन १७, २०७६
434

सामसङले हालै नयाँ डिजाइनका साथ ग्यालेक्सी ए५०एस बजारमा ल्याएको छ । नयाँ ग्यालेक्सी ए५०एस मा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको आवश्यकतालाई समेट्दै उनीहरुको लागि तयार गरिएको कम्पनीले जनाएको छ ।
नाइट मोड, सुपर स्टेडी भिडियो तथा गेम बुस्टर प्रविधिको साथ शक्तिशाली प्रोसेसर जस्ता विशेषताको साथ यी नयाँ स्मार्टफोनहरुले उत्कृष्ट कार्य क्ष्मता प्रस्तुत गर्ने कम्पनीको दाबी छ ।

“प्रविधीमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरु माझ सार्थक इनोभेसन प्रदान गर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी ए५०एस ले युवा मिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभव अझै उत्कृष्ट तरिकाबाट प्रदान गर्न यो फोनको डिजाइन गरिएको छ । यो फोनमा नाइट मोड, सुपर स्टेडी भिडियो जस्ता प्रिमियम क्षमता रहेको छ, जुन आजका मिलेनियल्स तथा जेनजिको अनुभवको लागि माथिल्लो तहसम्म लैजाने छन्,” सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने ।
ज्यामितीय एवं फ्युचरिस्टिक होलोग्राम इफेक्टद्वारा प्रभावित भई फोनको पछाडी अद्वितीय एवं आकर्षक डिजाइनको साथ फोन तयार गरिएको हुँदा लुक एण्ड फिलको जीवन्त अनुभव प्रदान गर्ने उनले बताए ।
यस स्मार्टफोनमा ४००० एमएएचको सुपर ड्युरेवल ब्याट्री रहेको छ । १५ वाटको फास्ट चार्जिङ्ग तथा एआई वेस्ड गेम बुस्टर रहेको छ । ग्यालेक्सी ए५०एसमा व्याट्री लाइफको कुनै चिन्ता विना नै अन द गोको अवस्थामा गेमिङ्गको मज्जा लिन सकिन्छ ।
यसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ । दिन वा रात जुनसुकै समयमा फोटो लिनको लागि ग्यालेक्सी ए५०एसमा नाइट मोड रहेकोछ, जसले गर्दा कम उज्यालोको अवस्थामा पनि शानदार फोटो खिच्न सकिन्छ । यसको साथै यसमा भएको सुपर स्टडी सुविधाले तीव्र एक्सनवाला परिस्थितिमा पनि स्मुथ भिडियो खिच्न सकिन्छ । यसमा ८ मेगापिक्सलको अल्ट्रावाइड क्यामरा राखिएको छ । त्यस्तै गरी १२३ डिग्रीको भ्यूइङ्ग एङ्गलको साथ फोटो खिच्ने सुविधा प्रदान गर्दछ । यसको ५ मेगापिक्सलको लाइभफोकस लेन्सले शानदार फोटो खिच्दछ ।
नयाँ ग्यालेक्सी ए५०एसमा प्रिमियम १० एनएमको एक्साइनोस ९६११ चिपसेट रहेको छ, जुन एआई पावर्ड गेम बुस्टरको साथ उपलब्ध रहेको छ । यसमा फ्रेम दर, गेमिङ्गको कार्यक्षमता तथा हाई परफमेन्ट गेमको यही अवधिमा सुधार हुन्छ । ग्यालेक्सी ए५०एस ६ जिवि ¥याम एवं १२८ जिबि स्टोरेजका साथ उपलब्ध रहेको छ ।
ग्यालेक्सी ए५०एसको खरिद मूल्य रु. ४२ हजार १ सय ९० तोकिएको छ ।


सातामा धेरै पढिएको