कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
286

नजिकिँदै गरेको चाड पर्वलाई लक्षित गर्दै सुनधारास्थित सिटिसी मलमा मोबाइल मेला आयोजना हुने भएको छ । मलको भुइँ तल्लामा रहेको मोबाइलको नयाँ गन्तव्य सिटिसी मोबाइल हबमा चाडपर्व लक्षित अफरहरूसहित आइतबारदेखि मोबाइल मेला सुरु हुने भएको हो ।
मेलामा सञ्चालित अफरअन्तर्गत मोबाइल खरिद गर्नेहरू मध्येबाट प्रथम उपहारस्वरुप एक जनालाई यामाहाको रे जेड स्कुटर उपलब्ध गराइने मोबाइल हबले जनाएको छ ।

त्यसैगरी दोस्रो उपहारस्वरुप एक जनालाई इन्डोनेसियाको बाली भ्रमणको प्याकेज उपलब्ध गराइनेछ भने तेस्रो उपहार स्वरूप एक जनालाई ल्यापटप वितरण गरिने भन्दै कम्पनीले सबैभन्दा धेरै ब्रान्ड, सबैभन्दा धेरै भेराइटी समेटेको मोबाइल हबमा विश्व बजारका चल्तीका २० भन्दा बढी ब्रान्डका ६ सय ५० रुपैयाँदेखि २ लाख १५ हजार रुपैयाँसम्मका मोबाइल फोनहरू उपलब्ध रहेको जनाएको छ ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफरका साथै जस्तोसुकै पुरानो मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल मेला अवलोकन गर्नेहरूलाई गोलाप्रथाबाट विभिन्न ब्रान्डका स्मार्टफोन वितरण गरिनेछ । मेलामा मोबाइल खरिद गर्दा मोबाइलको निःशुल्क बिमा हुनेछ भने निःशुल्क सिनेमा टिकट पनि उपलब्ध गराइनेछ ।
त्यसैगरी गल्फमा तोकिएको स्कोर गरी खरिद गरेको मोडलको अर्को एउटा मोबाइल निःशुल्क पाउन सकिन्छ । मोबाइल मेला दशैंको फुलपातीका दिनसम्म सञ्चालन हुनेछ भने अफरहरू कात्तिक १७ गतेसम्म लागू हुने बताएको छ । उल्लेखित अफरहरू सिटिसी मोबाइल हब सुनधाराका साथै दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल र ताम्राकार कम्प्लेक्स न्युरोडमा रहेको सिटिभि मोबाइलमा लागू हुनेछन् ।
मोबाइलको नयाँ गन्तव्यका रूपमा लिइएको मोबाइल हबमा चल्ने मेलामा ६० प्रतिशतसम्मको छुटमा मोबाइल किन्न सकिनेछ । अफरभित्र पनि अफरअन्तर्गत छुटका साथै अहिले लैजानुहोस् पछि तिर्नुहोस् भन्ने नाराका साथ शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाइल किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निःशुल्क पार्किङ पर्याप्त मात्रामा रूपमा उपलब्ध गराइने राईले बताए ।
मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांश ब्रान्डका ल्यापटप, क्यामेरा, टेलिभिजनका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य बन्ने छ ।