कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
416

दशैं तिहार लगाएत नेपाली चाडवाड लक्षित गरेर दशैंमा ह्वावे नेपालले नयाँ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत कुनै पनि ह्वावे फोनको खरिद गर्दा ग्राहकले एउटा सहज प्रतियोगितामा आधार ह्वावे स्मार्ट स्केल, बाली भ्रमण (४ रात-५ दिन) वा थाइल्याण्ड भ्रमण (४ रात-५ दिन)जित्ने मौका पाउने अफर ल्याएको हो ।
यस प्रतियोगितामा सहभागी हुनको लागि पहिले ह्वावेको प्रयोगकर्ता हुनेपर्नेछ भने ह्वावे फोन किनेपछि आफ्नो इएमआइ नम्बर राखेर असोज १७ गते भित्र फेसबुकमा एउटा फर्म भरेको हुनु पर्नेछ । सहभागीले सहभागिताका लागि भरेको फर्मको हरेक जानकारी सहीहुनुपर्नेछ र लक्की ड्रद्वारा विजेताको घोषणा गर्ने बेला र पुरस्कार प्रदानगर्ने बेला सोहीजानकारीलाई आधार मानिनेछ ।
यस प्रतियोगिताका लागि दर्ता गरिसके पछि उपहारको घोषणा बारे थाहा पाउनको लागि ह्वावेको फेसबुक र इन्स्टाग्राम पेज फलो र आफ्नो साथी र परिवारजनलाई पनि यस दशैंमा उपहार जित्न मौका प्रदान गर्न आफ्नो पोष्टलाई लाइक, कमेन्ट र शेयर गर्न सक्ने ह्वावे नेपालले जनाएको छ ।