कारोबार संवाददाता
शुक्रवार, आश्विन ३, २०७६
395

चिनियाँ ब्राण्ड ओप्पोको पछिल्लो स्मार्टफोन ओप्पो ए नाइन २०२० स्मार्टफोन नेपाली बजारमा भित्रिएको छ । कम्पनीले आउँदो सोमबार एक कार्यक्रमका बीच फोन सार्वजनिक गर्ने भएको छ ।
आफ्नो ए सिरिज अन्तर्गतको ए नाइनमा फोनमा ८ जीवी -याम र ५ हजार एमएएचको ब्याट्रि रहेको छ । सोही दिन कम्पनीले एफाइभ २०२० पनि सार्वजनिक गर्ने कार्यक्रम छ । दुबै स्मार्टफोन मिड रेन्ज स्मार्टफोनमा पर्छन् । अत्याधुनिक सुविधा तथा फिचर्स सम्मिलित दुवै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री भएकाले उपभोक्ताको मन जित्न सक्ने कम्पनीको दाबी छ । कम्पनीले बहुआयामिक फिचर भएकाले प्राथमिकताका साथ नेपालमा सार्वजनिक गर्न थालेको कम्पनीले जनाएको छ ।

उपभोक्ताद्वारा अत्यधिक रुचाइएको ओप्पो विगत १० वर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ । सन् २००९ मा पहिलो ए सिरिज मोडल, ए १०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि फोनले अतुलनिय लोकप्रियता पाइरहेको छ । ओप्पो एनाइन २०२० मा उपलब्ध गरिएको ४८ एमपी अल्ट्रा वाइड एंगल क्वाड क्यामेराले हरेक किसिमका सुटिङ एंगल र परिस्थितिमा प्रयोगकर्ताका आवश्यकता पूरा गर्ने क्षमता राख्छ । यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्ज सपोर्ट गर्छ । फोनमा रहेको १६ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई ट्रेण्ड तथा तिनका इच्छाअनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनि प्रयोग गर्छ ।
भिडियो शुटिङ पनि कम्पनीले उत्कृष्टता दिने प्रयास गरेको छ । यसमा रहेको फोरके भिडियो प्रविधिले सुदृढ ईफेक्ट्स मार्फत स्पष्ट भिडियो, अझ जीवन्त रंग तथा दृष्य सम्प्रेषणमा सघाउँछ । साथै, यसमा रहेको भिडियो स्टेबिलिटी प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर र व्यावसायिक देखिने भिडियो खिच्न सक्छन् । १९ घण्टासम्म लगातार मोबाइल प्रयोगको सुविधा दिने क्षमता सहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई लामो समयसम्म फोनको निरन्तर प्रयोग गर्न सघाउँछ । ओप्पोको ए सिरिजमा ठूलो र सुदृढ गुणस्तरीय आवाज दिने क्षमता सहितको डुअल स्टेरियो स्पिकर्स र रोमाञ्चक आवाज सम्प्रेषणका लागि डल्बि एट्मोस साउण्ड इफेक्ट पनि उपलब्ध गरिएको छ । यसले भिडियो, गेमिङ लगायत कार्यका लागि उत्कृष्ट अनुभव प्रदान गर्न सघाउ मिल्छ ।