कारोबार संवाददाता
बुधवार, श्रावण ८, २०७६
526

नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) सेवामा मंगलबारेदेखि सुविधा थप गरेको छ । टेलिकमले प्रबद्र्धनात्मक अफरअन्तर्गत कम्पनीले एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजअन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरू प्रयोग गर्न सकिन्छ भने कर्पोरेट प्याकेजअन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र १ वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरू उपलब्ध छन् ।
नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई निःशुल्क उपलब्ध गराइनेछ भने ६ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा ३ हजार छुट भएको कम्पनीले जनाएको छ । यसैगरी सबै नयाँ जडान गर्ने ग्राहकहरूलाई एकसय मिटर फाइबर निःशुल्क उपलब्ध गराइनेछ । समर अफरअन्तर्गत एफटीटीएचमा नयाँ कम्बो प्याकेज ल्याइएको छ । यी प्याकेजहरू १५ एमबीपीएस, २५ एमबीपीएस, ४० एमबीपीएस र ६० एमबीपीएसमा उपलब्ध छन् । १५ एमबीपीएसको एक महिनाको १ हजार २ सय रुपैयाँ, ३ महिनाको ३ हजार ४ सय रुपैयाँ, ६ महिनाको ६ हजार ४ सय रुपैयाँ र एक वर्षको १२ हजार ३ सय रुपैयाँ मूल्य निर्धारण गरिएको छ । त्यसैगरी २५ एमबीपीएसको कम्बो प्याकेज १ महिनाको १ हजार ९ सय, ३ महिनाको ५ हजार ४ सय ५०, ६ महिनाको ९ हजार ७ सय र एक वर्षको १७ हजार २ सय रुपैयाँमै उपलब्ध गराइएको छ । ४० एमबीपीएसको प्याकेजका लागि मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक शुल्क क्रमशः २ हजार २ सय ५०, ६ हजार ४ सय ५०, १० हजार ७ सय र १९ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यता ६० एमबीपीएसको सोही प्याकेजको मूल्य क्रमशः २ हजार ४ सय ५०, ७ हजार ५०, ११ हजार ८ सय र २१ हजार ४ सय रुपैयाँ छ ।
यी सबै कम्बो प्याकेजमा उल्लेखित इन्टरनेट व्यान्डविथको अलावा १ महिना, ३ महिना, ६ महिना र एक वर्षको लागि क्रमशः २ सय ५० मिनेट, ७ सय ५० मिनेट, १५ सय मिनेट र ३ हजार मिनेटसम्म नेपाल टेलिकमको नेटवर्क भित्र निःशुल्क कल गर्न सकिने कम्पनीले जनाएको छ ।