कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६
343

मोबाइल गेम खेलेर गरिबमुक्त हुन गरिबलाई अवसर । सुन्दा अचम्म लाग्ने कुरो चिनियाँ सरकारले भने यथार्थमा परिणत गरेको छ । सन् २०२० सम्ममा गरिबी हटाउन चिनियाँ सरकारले एक मोबाइल गेमको बनाएको छ, जसको सहयताले गरिबले आफूलाई गरिबीको रेखा मुनीमाथि आफूलाई माथि उठाउन सक्छन् ।
किसानको गरिबी हटाउने योजनासहित यो मोबाइल गेम नवप्रवर्तन अन्तर्गत मोबाइल गेम तयार गरिएको हो । मोबाइल गेम खेल्दा यसबाट देशको ठूलो हिस्सातर्फ यसको फाइदा हुने अपेक्षा गरिएको छ । यो गेम खेल्नेहरूलाई वस्तु खरिद गर्न पाउने (क्रेडिट)को सुविधा प्राप्त हुनेछ । यसको उपयोग किसानले उत्पादन गरेको कृषि उपज खरिद गर्न गरिन्छ । चीनको वित्त मन्त्रालय अन्तर्गत रहेको गरिबी निवारण कार्यालयले एक म्यासेजिङ च्याट एप वी च्याटसँग यस्तो मोबाइल गेम बनाउने सम्झौता गरेको छ ।

यो प्लेटफार्मबाट गेम खेल्नेहरूलाई प्राप्त हुने क्रेडिट सुविधा डिस्काउन्ट कुपनको रूपमा गरिनेछ । यी कुपनहरूको प्रयोग गरी इ–कमर्स प्लेटफर्मबाट स्थानीय किसानले उत्पादन गरेको चामल र फलफूल खरिद गर्न सक्नेछन् । यसबाट किसानको आम्दानीमा वृद्धि हुनेछ । आम्दानीमा वृद्धि भएपछि उनीहरूको गरिबी घट्ने अपेक्षा छ । यसको परीक्षण योजना युनान प्रान्तको योङशेङ, हुनानको पिङजियाङ र साङसीको फेङसी काउन्टीमा गरिने भएको छ । चीन सरकारले देशबाट गरिबी हटाउन निरन्तर प्रयास गरिरहेको छ ।
२०१९ मा चीनको ग्रामीण क्षेत्रबाट १ करोड ३८ लाख मानिस गरिबीबाट मुक्त भइसकेका छन् । २०१२ मा ९ करोड ८९ लाख गरिब रहेका थिए । चिनियाँ सरकारले सन् २०२०सम्म गरिबी समाप्त गर्ने लक्ष्य लिएको छ ।