कारोबार संवाददाता
बिहिवार, श्रावण २, २०७६

सामसङ नेपालले हालै काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको तेस्रो तलामा आफ्नो आधिकारिक सर्भिस सेन्टर उच्चस्तरीय सेवासहितको सुरु गरेको छ । ताम्राकार कम्प्लेक्सको तेस्रो तलामा स्थानान्तरित यस नयाँ सर्भिस सेन्टर पहिले उक्त कम्प्लेक्सको चौथो तल्लाबाट सञ्चालित थियो ।

116
कारोबार संवाददाता
मंगलबार, असार ३१, २०७६

नेपाल टेलिकमले देशमै पहिलोपटक बागलुङ बजारबाट आफ्नो सेवालाई पूर्णतः फाइबर तारयुक्त बनाएको छ । टेलिकमले बागलुङ बजारमा पहिलोपटक नमुनाका रूपमा आफ्ना सेवालाई गुणस्तरीय बनाउनका लागि कपर प्रविधि (तामाका तार) को प्रयोग हटाई पूर्णतः फाइबर तारको प्रयोग गर्नेगरी ‘फाइबर टु दि होम’ सेवा शुभारम्भ गरिएकोे नेपाल टेलिकम बागलुङले जनाएको छ । टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनका रुपमा जमीनमुनि र शाखा लाइनका रूपमा पोलको प्रयोग गरेर सेवाग्राहीको घरसम्म फाइबर तार बिछ्याउने काम सुरु गरेको थियो ।

196
सरस्वती ढकाल
सोमवार, असार ३०, २०७६

बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विधेयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामागि शुल्कको भार बढ्ने भएको हो ।

436
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

फ्रान्सले अमेरिकी प्रविधि कम्पनी गुगल र फेसबुकलाई कर लगाउन नयाँ कानुन बनाउने भएको छ । फ्रान्सको संसदले नयाँ करसम्बन्धी विधेयक पारित गर्ने भएको छ । यो कानुन बनेपछि फ्रान्सले यही वर्ष करिब ४० करोड युरो पाउन सक्ने छ । ७५ करोड युरोभन्दा बढी कमाउने र त्यसमध्ये साढे दुई करोड युरो फ्रान्सभित्रै मुनाफा गर्ने कुनै पनि डिजिटल कम्पनीलाई नयाँ कर तिर्नुपर्ने हुन्छ ।

362
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

मोबाइल गेम खेलेर गरिबमुक्त हुन गरिबलाई अवसर । सुन्दा अचम्म लाग्ने कुरो चिनियाँ सरकारले भने यथार्थमा परिणत गरेको छ । सन् २०२० सम्ममा गरिबी हटाउन चिनियाँ सरकारले एक मोबाइल गेमको बनाएको छ, जसको सहयताले गरिबले आफूलाई गरिबीको रेखा मुनीमाथि आफूलाई माथि उठाउन सक्छन् ।

347
धर्मेन्द्र कर्ण
शुक्रवार, असार २७, २०७६

टेक्नोलोजी त्यसमा पनि एड्भान्स टेक्नोलोजी वा हाइटेकबाट पन्छिएर कुनै समाज अगाडि बढ्न नसक्ने अवस्थामा विश्व मानव समाज पुगेको छ । टेक्नोेलोजीको विकासको आवश्यकता योगदेखि भोगसम्म पुगेको छ । बच्चादेखि बूढासम्म, गरिबदेखि धनीसम्म, फरक फरक भू–भाग, सबै वर्ग एकै थलोमा जोडिएका छन् । विश्व समाजलाई जोडिराख्न भने अब साझा अन्तर्राष्ट्रिय नीतिको खाँचो देखिन थालेको छ । गएको २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो ।

228
किरण आचार्य
शुक्रवार, असार २७, २०७६

चीन–अमेरिका व्यापार युद्ध र ह्वावेमाथिको अमेरिकी प्रतिवन्धको विषयले विस्तारै नयाँ मोड लिन थालेको छ । गत जुन अन्तिम साता जापानमा भएको जी २० बैठकको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सी जिनफीङको भेटघाटपछि दुई देशबीचको व्यापार सम्बन्धले नयाँ मोड लिने देखिएको हो ।

972
कारोबार संवाददाता
शुक्रवार, असार २७, २०७६

सेयर कारोबार गर्ने उपभोक्तालाई लक्षित गरी खल्ती मोबाइल वालेटले नयाँ फिचर थपेको छ । थपिएको फिचरअनुसार हितग्राही खाता (डिम्याट) र मेरो सेयरको शुल्क भुक्तानी खल्ती एप र वेबसाइटबाट गर्न सक्नेछन् ।

228
कारोबार संवाददाता
बिहिवार, असार २६, २०७६

आईएमई ग्रुपअन्तर्गतको आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा सञ्चालित आईएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरेको छ । मोबाइल एपमा ‘डिल्स’ भन्ने नयाँ प्रावधान उपलब्ध गराइएको छ जसबाट आईएमई पे मोबाइल वालेट एप चलाउनु हुने महानुभावहरूले विभिन्न रेस्टुराँ वा पसलहरूले उपलब्ध गराएका अफरहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

328
कारोबार संवाददाता
सोमवार, असार २३, २०७६

नेपाली स्टार्टअप कम्पनी खल्तीले संयुक्त राष्ट्र संघअन्तर्गतको संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) र एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) ले संयुक्त रूपमा आयोजना गरेको फिनटेक इनोभेसन फन्ड जित्न सफल भएको छ । खल्तीसँगै एसिया र प्रशान्त क्षेत्रका जम्मा १० वटा उद्यमहरू उक्त इन्नोभेसन फन्डको विजेता घोषित भएका हुन् ।

451
कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा दिन सुरु गरेको छ । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरू आबद्ध समाजले आफ्ना यात्रुहरूको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको सुरुवात गरेको हो ।

796
कारोबार संवाददाता
बुधवार, असार १८, २०७६

नेपाल टेलिकमले कर्णाली प्रदेशको प्रादेशिक केन्द्र सुर्खेतको वीरेन्द्रनगरमा उच्च गतिको इन्टरनेट सेवा (फाइवर टु होम सेवा) सुरु गरेको छ । यसअघि एडिएसल सेवामार्फत इन्टरनेट वितरण गर्दै आएको टेलिकमले फाइबर सेवा सुरु गरेको हो । पहिलो चरणमा वीरेन्द्रनगरको पीपलचौतरा, वीरेन्द्रनचौक र तल्लो बजार क्षेत्रमा फाइबर लाइन विस्तार गरिरहेको नेपाल टेलिकम सुर्खेतका प्रमुख नवराज खतिवडाले जानकारी दिए ।

357
कारोबार संवाददाता
बुधवार, असार १८, २०७६

एनसेल प्राइभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरूलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

349
कारोबार संवाददाता
सोमवार, असार १६, २०७६

नेपालका लागि सामसङ उत्पादनहरूको अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले प्रवासीहरूलाई विदेशमै बसेर नेपालमा टिभी किन्न मिल्ने सुविधा प्रदान गर्न सिटी एक्सप्रेस मनी ट्रान्स्फर प्रालिसँग साझेदारी गरेको छ ।

224
कारोबार संवाददाता
सोमवार, असार १६, २०७६

नेपाल टेलिकमले विकास संस्था भियामोसँग साझेदारी गरी ‘एनटी सूचनाको संसार’ सेवा आइतबारबाट सुरु गरेको छ । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइलमार्फत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत्सम्बन्धी विभिन्न जानकारी निःशुल्क रूपमा लिन सकिन्छ ।

286