खेमराज निरौला
सोमवार, श्रावण २८, २०७५

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवालक्षित चेतनामूलक कार्यक्रमहरू मनाइँदै आए तापनि नेपालमा भने सन् २००४ देखि मात्र यो दिवस मनाउन थालिएको हो । ‘शान्ति र समृद्धिमा युवा’ भन्ने नाराका साथ नेपालमा र विश्वभर अगस्ट १२ मा यो दिवस मनाए तापनि नेपाली युवाहरूका समस्या भने जस्ताका तस्तै छन् । उनीहरू अहिले संकटको अवस्थामा छन् । मुलुक राजनीतिक परिवर्तनको दोसाँधमा भएकाले गर्दा देशका वास्तविक शक्ति युवा संकटग्रस्त अवस्थाबाट गुज्रिएका छन् ।

1727
डा. सुमनकुमार रेग्मी
सोमवार, श्रावण २८, २०७५

नेपालमा २०१३ सालदेखि राष्ट्रिय स्तरमा योजना सुरुवात भएको देखिन्छ । त्यस बेलादेखि योजनाका सांगठनिक परिवर्तन र योजना नियमित रूपमा बन्दै कार्यान्वयन हुँदै आएका छन्, तर प्रगति खोजेको जति कहिल्यै भएको देखिँदैन । कहिले योजना आयोग, कहिले योजना मन्त्रालय र कहिले योजना परिषद् गठन गरेर योजना नियामित रूपमा कार्यान्वयन हुँदै आएको छ ।

3019
कारोबार संवाददाता
आइतवार, श्रावण २७, २०७५

पछिल्लो समय बोनस ऐनबारे आन्तरिक राजस्व विभाग र सर्वोच्च अदालतबीच फरक–फरक बुझाइ रहेको पाइएको छ । कानुनको व्याख्या गर्ने अन्तिम निकाय सर्वोच्च अदालत नै हो । तर, सर्वोच्च अदालतको निर्णयबाट सरकारलाई आउने काम आयकर कम हुने देखिएको छ ।

3497
दिलीपकुमार मुनंकर्मी
आइतवार, श्रावण २७, २०७५

कुनै समय जिल्ला वा क्षेत्रको पहिचानका रूपमा रहेका विकास बैंकहरू मर्जर प्रोत्साहन नीति तथा चुक्तापुँजी वृद्धिको नजितास्वरूप २०७२ असारसम्म ७६ वटा रहेका विकास बैंक एकआपसमा, वाणिज्य बैंकसँग वा वित्तीय संस्थासँग मर्ज वा प्राप्तिमार्फत हाल ३३ वटामा झरेका छन्, जसमध्ये ११ ले राष्ट्रिय स्तरमा, एउटाले १० जिल्लामा, १७ ले ३ जिल्लामा, ४ ले १ जिल्लामा कारोबार गर्ने अनुमति पाएका छन् ।

1795
खड्गराज राई
शुक्रवार, श्रावण २५, २०७५

निर्यातभन्दा आयातको आर्थिक भार वृद्धि भई असन्तुलित हुनु व्यापारघाटा हो । नेपालको सन्दर्भमा व्यापारघाटा बर्सेनि बढ्दो छ । व्यापारघाटा न्यून गर्ने प्रयासहरू भने नभएका होइनन्, तर पेट्रोलियम पदार्थको बढ्दो खपत, खाद्यपदार्थको समेत आयात भएको अवस्था, विश्वव्यापीकरणको प्रभावसँगै बढ्दो उपभोक्ता संस्कृति, निर्यातयोग्य वस्तुको उत्पादन र बजारीकरण प्रभावकारी नहुनु यसका प्रमुख कारणहरू हुन् । व्यापारघाटा शून्य बनाउन सकिँदैन ।

2714
गौरव पन्थी
शुक्रवार, श्रावण २५, २०७५

नेपाल विश्वव्यापीकरणसँगै खुला अर्थतन्त्रमा प्रवेश गरेको तीन दशक पूरा हुन लाग्यो । खुला अर्थन्त्रमा प्रवेश गरेसँगै मुलुकको निर्यात व्यापार वृद्धि हुने, व्यापारिक प्रतिस्पर्धात्मक क्षमता विकास हुने, वैदेशिक लगानी आकर्षित हुने, औद्योगिक विकास तीव्र भई अन्ततः आर्थिक क्रियाकलापमा वृद्धि हुने विश्वास लिइएको थियो, साथै विश्व व्यापार संगठन, बिमस्टेक, साफ्टालगायतका अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संघसंस्थामा भएको आबद्धतासँगै नेपालको विश्व व्यापार फराकिलो भएर जाने अपेक्षा गरिएको थियो, तर सारमा नतिजा भने सोचेजस्तो सन्तोषजनक देखिएन । अधिकांश नेपाली रोजगारी, शिक्षा, औषधिमूलोका लागि अर्कै मुलुक जानुपर्ने बाध्यता रहिरह्यो ।

1330
रमेश घिमिरे
बिहिवार, श्रावण २४, २०७५

क्लाउड कम्प्युटिङ विश्व बजारमा दु्रत गतिमा विकास भइरहेको इन्टनेटमा आधारित कम्प्युटिङ मोडल हो । क्लाउड कम्प्युटिङले कम्प्युटिङ स्रोतहरू (कम्प्युटरले दिने सेवाहरू) को सेयरिङ गर्छ । क्लाउड कम्प्युटिङले विश्व सूचना सञ्चार प्रविधि (आईसीटी) बजारको विधिलाई रूपान्तरण गर्न र आर्थिक वृद्धिलाई तीव्र बनाउन योगदान गरिरहेको छ ।

1174
प्रा.डा. विकाशराज सत्याल
बिहिवार, श्रावण २४, २०७५

आयआर्जन गर्ने ठाउँ नबढेको र काम गर्ने वातावरण नसुध्रिएकाले जीवन धान्न कठिन हुँदै गएकोमा सरकारले हालै पाइलैपिच्छे बढाएको करले सर्वसाधारण नेपालीलाई बाँच्न झन् कष्टकर बनाएको छ ।

3523
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

आज नेपालको विकासका लागि वास्तवमै विदेशी लगानीको खाँचो छ । हाल सरकारमा रहेका जिम्मेवार व्यक्तिलाई यो विषयमा राम्रैसँग थाहा छ ।

2174
कारोबार संवाददाता
बुधवार, श्रावण २३, २०७५

हाल वर्षातको मौसम छ । भूक्षयका कारणले सतहमा रहेका स्वच्छ पानीका स्रोतहरू धमिलो हुने र दूषित हुने गरेको देखिन्छ, जसका लागि पानीको वैकल्पिक स्रोत छैन, उनीहरू त्यही दूषित पानी पिउन बाध्य हुन्छन् । यसबाट मानिसहरूमा विभिन्न किसिमका सरुवा रोगहरू फैलिन्छन् र धेरै मानिसको मृत्यु पनि हुन जान्छ ।

1858
प्रल्हाद गिरी
बुधवार, श्रावण २३, २०७५

केही दिनयता सेयर बजारमा सुस्तता आएको छ । महिना दिनयता करिब १२०० अंक वरिपरि नै घुमिरहेको सेयर बजार यतिखेर सूचीकृत कम्पनीहरूको वित्तीय विवरण सार्वजनिक हुँदा पनि किन पुरानै लयमा रहेको छ ? कसैले बुझ्न सकेको छैन ।

1131
कारोबार संवाददाता
मंगलबार, श्रावण २२, २०७५

२० औं शताब्दीको मध्यबिन्दुमा उच्च गरिबीको रेखामुनि रहेको दक्षिण कोरिया २१औं शताब्दीको सुरुवातमा आइपुग्दा आर्थिक रूपले समृद्ध बनेको छ ।

895
गजेन्द्र बुढाथोकी
मंगलबार, श्रावण २२, २०७५

सरकार यतिखेर संघीयता धान्नरचलाउनका लागि खर्चको स्रोत खोज्दैछ । नेपालमा अहिलेसम्म जुन ढंगले संघीयताको सन्दर्भ उठ्यो र कार्यान्वयनको चक्रसम्म आइपुग्दा यसको आधारभूत खर्च संरचनाकै बारेमा जुन अलमल देखियो, त्यसबाट के बुझिन्छ भने देशका कुनै पनि राजनीतिक दलमा अर्थतन्त्रका बारेमा सामान्य ज्ञानसमेत नबुझेका नेताहरू हाबी भएका रहेछन् र तिनले देश जसरी भए पनि (एनिहाउ) चलिहाल्छ भन्ने मानसिकता राखेका रहेछन् ।

1740
कारोबार संवाददाता
सोमवार, श्रावण २१, २०७५

सुशासन भनेको नागरिकले गर्ने अनुभूति हो भने लोकतन्त्र भन्नाले खुला राजनीतिक वातावरण, मानवअधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, व्यवस्थापिका संसद् र कार्यपालिका भएको प्रणालीलाई जनाउँछ, जसलाई हामी प्रजातन्त्रका असली खम्बा भन्छौं । जहाँ प्रजातन्त्र छ, त्यहाँ नागरिकका मौलिक अधिकारको संरक्षण र संवद्र्धन भएको हुन्छ । समय–समयमा यी असली खम्बालाई मजबुत बनाउनका लागि नागरिक संस्था र आमसञ्चारको नियमित खबरदारी आवश्यक हुन्छ ।

1612
रमेश भट्टराई
सोमवार, श्रावण २१, २०७५

यथार्थ कुरा तीतो हुन्छ तर नेपालमा शिक्षाले राजनीतिको ओढनी ओढिइरहनुपरेको छ । विद्यार्थी अवस्थामै राजनीति सुरु गर्नेदेखि कमाउनका लागि पनि राजनीति गर्ने सहज स्थल र निकाय भनेकै शिक्षालय अर्थात् क्याम्पस रहेछन् ! धेरैजसो नेताजीलाई दह्रो बनाउने र देशका परिवर्तनमा साथ दिने निकाय विद्यार्थी सङ्गठन रहेछन् । यसरी पनि नेता जन्माउने स्थल नै शिक्षालय रहेछ ।

1361