सत्येन्द्र तिमिल्सिना
बिहिवार, असार १२, २०७६

नेपालमा बजेट कार्यान्वयनको एउटा प्रमुख चुनौती भनेको लक्ष्यअनुसारको विकास खर्च कसरी गर्ने भन्ने हो । विगत लामो समयदेखि सरकारले विनियोजन गरेअनुसारको पुँजीगत बजेट खर्च हुन नसकिरहेको अवस्था हामीले देखेकै छौं । लक्षित रकम खर्च गर्न नसके कार्य सम्पादन नै कमजोर मानिने हाम्रो जस्तो प्रणालीमा समेत विनियोजन भएको रकम खर्र्च गर्न नसक्नु चिन्ताको विषय हो ।

393
समिर रेग्मी
बुधवार, असार ११, २०७६

१९९० मा सोभियत संघको विघटन भएपछि विश्व एकल अमेरिकी धु्रवीय नियन्त्रणमा रहँदै आएको छ । अमेरिकाले एकपक्षीय रूपमा विश्वमाथि आफ्नो नियन्त्रण गर्दै आएको छ । अमेरिकाले विश्वमाथि शासन गर्नु भनेको उसले विश्वका धेरै मित्र राष्ट्रहरूलाई आफ्नो वशमा राख्न सक्नुले नै हो । चाहे हतियारको सहयोगबाट होस् वा व्यापारको सहयोगबाट । जापान, युरोपेली संघका मुलुकहरू सबै नै लामो समयदेखि अमेरिकाको मित्रशक्ति राष्ट्रका रूपमा रहँदै आएका छन् ।

3546
मोहन आचार्य
बुधवार, असार ११, २०७६

युनेस्कोको फ्लोरेन्स एग्रिमेन्टको (१९५०), प्रोटोकल (१९७६) प्रावधानअनुसार प्रिन्टेड पुस्तकहरू भन्सार शुल्क तथा भ्याटमुक्त हुन्छन् । आर्टिकल १ को ‘ए’ देखि ‘इ’ सम्म उल्लेख गरिएका सामग्रीको आयातमा कुनै पनि भन्सार महसुल तथा अन्य शुल्क लिन पाइनेछैन । बार्न कन्भेन्सन (१९८६) ले प्रिन्टेड पुस्तकको आवागमन भन्सार शुल्क तथा करमुक्त हुनेछ भनी उल्लेख गरेको छ । छिमेकी राष्ट्र भारत लगायत अमेरिका, बेलायत तथा विश्वका अधिकांश राष्ट्रमा पुस्तकको आवगमनमा भन्सार लगाइएको छैन । अझ भनौं मुद्रित पुस्तकमा विश्वव्यापी रूपमा एकल अंकित मूल्य प्रचलित छ ।

355
उषा थपलिया
बुधवार, असार ११, २०७६

मुलुकको गरिबीलाई समृद्धिको प्रमुख चुनौतीका रूपमा लिने गरिन्छ । विभिन्न योजना अघि सारेर गरिबी घटाउन राज्य प्रयासरत छ, तर आवश्यक रफ्तार पक्डन सकेको छैन । सन् २०१० मा २५ प्रतिशतमा रहेको गरिबी २०१८ को अन्त्यसम्म आइपुग्दा २१ प्रतिशतमा मात्र झरेको तथ्यांकले बताउँछ ।

413
गजेन्द्र बुढाथोकी
मंगलबार, असार १०, २०७६

नेपालमा लामो समय बसेर व्यावसायिक कारोबार गरेका एक विदेशीले हालैमात्र सोधे– ‘नेपालमा अहिले व्यावसायिक लेनदेन कसरी हुन्छ ?’ सहज उत्तर थियो, प्रतीतपत्र (एलसी) खोलेर, टीटी वा ड्राफ्टबाट । लामो समयसम्म नेपालको गलैंचा निर्यात र ‘अन्य कारोबार’मा संलग्न रहेका ती विदेशीले कुरा नलुकाई भने, ‘यो त बैंकिङ च्यानलको कुरा भयो, जसको हिस्सा आधा पनि छैन ।

5562
रमेश भट्टराई
सोमवार, असार ९, २०७६

विश्वमा धेरैजसो एकात्मक शासन भएका मुलुकहरू सङ्घीय प्रणालीतिर आकृष्ट भइरहेका छन् । चाहे राष्ट्रपतीय शासन होस् या प्रधानमन्त्रीको बाहुल्यता रहने सङ्घीय व्यवस्था होस्, शासन व्यवस्थामा जनभावसँग गाँसिएका समृद्धिको अपेक्षा हुन्छ । केन्द्रीय शोषणबाट जोगिन, कर्मचारीतन्त्रको भ्रष्टाचारी प्रवृत्ति रोक्न, अमानवीय नातावाद, कृपावादको दाम्लो चुँडाएर न्यायिक सुशासनमा नागरिक हक र सम्मान प्रदान गर्ने प्रणालीका अपेक्षामा जनताले जनप्रतिनिधिको चयन गरेका हुन्छन् ।

291
हेमराज लामिछाने
सोमवार, असार ९, २०७६

नेपालको संविधानको धारा २०७ अनुसार प्रत्येक आर्थिक वर्ष प्रदेश अर्थमन्त्रीले वार्षिक राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गर्नुपर्छ । सोही संवैधानिक प्रावधानबमोजिम सातवटै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीहरूले २०७६ असार १ गते प्रदेश सरकारको वार्षिक बजेट प्रदेशसभासमक्ष पेस गरेका छन् ।

729
कारोबार संवाददाता
आइतवार, असार ८, २०७६

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतबाट संसद्मा वातावरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रस्तुत भएको छ । कुन ऐन संशोधन हुने र कुन–कुन ऐनहरू एकीकरण हुने स्पष्ट छैन । यसले यो ऐन नयाँ हो कि संशोधन र एकीकरण मात्र हो भन्ने स्पष्ट भएन ।

320
अच्युतप्रसाद पौडेल ‘चिन्तन’
आइतवार, असार ८, २०७६

सरकारले आव ०७६-७७ को बजेट प्रस्तुत गर्दै आउने आवलाई वृक्षारोपण वर्षका रूपमा लिइने र काष्ठ, गैरकाष्ठ एवं फलपूmलका बिरुवारोपण कार्यलाई अभियानका रूपमा अघि बढाउने बताएकोे छ । खालि वनक्षेत्र, नदी उकास क्षेत्र, सार्वजनिक एवं निजी वनमा फलपूmल तथा जडीबुटीका बिरुवा रोप्ने, बिरुवा उत्पादन गर्ने, नर्सरीको स्थापना र विकास गर्ने, यसका लागि निजी र सहकारी क्षेत्रलाई समेत प्रोत्साहन गर्ने बताएको छ ।

357
नरेन्द्रमान श्रेष्ठ
आइतवार, असार ८, २०७६

पछिल्लो समय बैंकिङ क्षेत्रमा र सेयर बजारमा चर्चाको विषय बन्यो— प्राइम कमर्सियल बैंक र ओम डेभलपमेन्ट बैंकको एक्वायर प्रक्रिया भाँडिएको विषयमा । प्राइम कमर्सियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने सम्झौता भएकोमा अन्तिममा आएर सम्झौता भाँडियो, यसले सेयर बजारमा ठूलो चर्चा पायो । साथै यसमा एक–अर्काले आरोप–प्रत्यारोप पनि गरे । साथै, नेपाल राष्ट्र बैंककै कर्मचारीले सम्झौता भाँड्न खेलेको भन्ने पनि सुन्नमा आयो ।

706
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

नेपालमा मात्र होइन, विश्वका अधिकांश देशमा सूचना–प्रविधिले फड्को मरिसकेको सबैमा विदितै छ । आजको २१ औं शताब्दीमा सूचना र प्रविधिले राम्रो सेवा र सुविधा दिएको छ । एउटा पुरानो युगको अन्त्य नै भएको छ । सूचना–प्रविधि हुँदा पहिले गरिँदै आएका सबै कार्य एकादेशको कथा नै बनेको छ ।

412
कारोबार संवाददाता
शुक्रवार, असार ६, २०७६

राष्ट्रिय योजना आयोगले गत आर्थिक वर्ष ०७४-७५ मा १ हजार ४७ अमेरिकी डलर रहेको नेपालीको औसत आय चौधौँ योजनाको अन्तिम वर्षका रूपमा रहेको चालू आवमा प्रतिव्यक्ति आय १ हजार ७४ अमेरिकी डलर पुग्ने आकलन गरेको छ । ०७८-७९ सालको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ४ सय डलर, ०८०-८१ मा १ हजार ५ सय ९५ डलर र वि.सं २१०० सालसम्ममा १२ हजार १ सय अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।

374
नारायण घिमिरे
शुक्रवार, असार ६, २०७६

नेपालमा व्यवस्था परिवर्तनपिच्छे स्कुल, प्राविधिक शिक्षालय र विश्वविद्यालयका पाठ्यक्रम पटक–पटक बदलिए । तर, ती कुनै पनि परिवर्तन विज्ञान र प्रविधिले मारेको फड्कोका कारण भने भएनन् । परिवर्तित पाठ्यक्रमको नयाँ ज्ञान र प्रविधिको प्रयोगबाट जनताको जीवनशैलीलाई कसरी सहज गर्न सकिन्छ भन्ने ज्ञान विद्यार्थीलाई दिने नियत र आशय पनि पाइएन । मुलुकका आफ्नै आन्तरिक स्रोतहरू के–के छन्, कस्तो जनशक्ति छ, सबल पक्ष के हुन् र सबल पक्षको सदुपयोगबाट कसरी संसारसँग प्रतिस्पर्धी बन्न सक्छौं भन्ने लेखाजोखा कहिल्यै गरिएन ।

275
कारोबार संवाददाता
बिहिवार, असार ५, २०७६

उदयपुरको पहाडी क्षेत्रमा प्रशस्त मात्रामा पाइने अल्लो वर्षौंदेखि गाईवस्तुको सोत्तर र मलका रूपमा प्रयोग हुँदै आएको छ । स्थानीयलाई अल्लोको महत्व र प्रशोधन गर्ने तरिका थाहा नहुँदा वर्षौंदेखि किसानको गाईभैसी गोठमा अल्लो कुहिँदै आएको हो । जिल्लाका दुई दर्जनभन्दा बढी गाउँमा पाइने अल्लोलाई कतिपय किसानले भने मल बनाउन मलखादमा कुहाउँदै आएका छन् ।

361
ज्ञानमणि नेपाल कालोटोपी
बिहिवार, असार ५, २०७६

नेपालमा बेरोजगारी बढेपछि विगत दुई दशकभन्दा अघिदेखि वैदेशिक रोजगारी युवाहरूको बाध्यता हो । विश्वका १ सय १० श्रमगन्तव्य मुलुकमा यतिबेला ४५ लाखभन्दा धेरै नेपाली युवायुवतीको उपस्थिति छ । नेपालमा बर्सेनि ४ लाख शिक्षित बेरोजगार उत्पादन हुने र स्वदेशमै रोजगारीको सम्भावना भने नगन्य नै रहने गरेपछि कुन देशमा जाँदा राम्रो भन्दै युवाहरू दैनिक रूपमा म्यानपावर कम्पनीतिर धाइरहेका छन् ।

648